Headlines News :
Home » » हत्या आरोपमा आमा–छोरा जेल र छोरी भने फरार

हत्या आरोपमा आमा–छोरा जेल र छोरी भने फरार



   
jailराजविराज, १७ असोज । सप्तरीको ठेलिया गाविस–४ का ५८ वर्षीय सुकदेव चौधरीको हत्याको आरोपमा सोही ठाउँका आमा, छोरा आज जेल चलान भएका छन् । हत्या आरोपमा ४० वर्षीया इश्वरवती चौधरी र निजका छोरा २२ वर्र्षीय सागर चौधरी पूर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेको राजविराज कारागारले जनाएको छ ।
जिल्ला अदालतका अतिरिक्त जिल्ला न्यायाधीश नवराज दाहालको एकल इजलासले आरोपितलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो । घटनामा अर्का आरोपित इश्वरवतीकी छोरी १८ वर्षीया सुमन चौधरी हालसम्म फरार रहेकी छन् ।
आरोपितहरुले गत भदौ २८ गते साँझ ७ बजे लाठी प्रहार गरी पीडितको हत्या गरेको भन्दै पीडित परिवारका सदस्य भोगानन्द चौधरीले किटानी उजुरी दिएका थिए ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा भदौ २८ गते राति आरोपितमध्ये इश्वरवती र सागरलाई गिरफ्तार गरी कर्तव्यज्यान मुद्दा चलाएको र फरारको खोजतलास जारी रहेको जनाएको छ ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार