|
|
|
|
नायक राजेश हमालले अर्को बर्षको दशैमा ससुराली जाने बिषयमा अझै सकारात्मक जवाफ दिन सकेका छैनन् । अनलाइनखबरसँग दशै बिशेष कुराकानी
गर्दै हमालले भने, ‘अर्को बर्षको दशैमा ससुराली आश गरौ भर नपरौं ।’
उनले बिहे गर्ने पक्का भएको बताउँदै आएतापनि अर्को बर्ष ससुराली जाने या नजाने बिषयमा अझै दोधारे अवस्था देखाएका छन् । उता नायक हमालले प्रेममा परेपछि मधुसँग मिलेर दशैं मनाउन नपाएको गुनासो गरेका छन् । मधुसँग भेट भएपछि आजसम्म कतिवटा दशैमा सँगै हुनुभयो भन्ने प्रश्नमा हमालले भने, ‘अरु बेलामा बरु कहिलेकाही सँगै भइन्छ तर दशैमा उनी आफ्नो घर जान्छिन् । यसैले आजसम्म कुनै पनि दशैमा मधु सँगै नभएको तर्क हमालको छ ।
संविधान निर्माणमा बाहिरै बसेर सहयोग गर्छु
एक अर्को प्रसंगमा नायक हमालले आफू संविधान निर्माणका लागि बाहिरै बसेर सहयोग गर्न तत्पर रहेको खुलाएका छन् । नेपाली कांग्रेसबाट चुनाव लड्ने वा समानुपातिकबाट उम्मेदवार बन्ने लगायतका समाचारहरु बाहिर आइरहेको समयमा हमालले भने एक सर्वसाधारणको हैसियतमा रहेरै संविधान निर्माणमा सहयोग गर्ने खुलाएका हुन् । उनले तत्काल कुनै पार्टीमा लागेर संविधान सभाको भवन छिर्ने योजना नरहेको प्रष्ट पारेका छन ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !