|
|
|
|
पछिल्लो अध्ययनले अमेरिकी पुरुषहरुमा मोटोपनाको समस्या बढ्दै गएको देखाएको छ । एकजना रुसी अध्येताले केही देशमा गरेको अध्ययनले अमेरिकी पुरुषहरु सबैभन्दा मोटा छन् भने नेदरल्याण्डका पुरुषहरु सबैभन्दा अग्ला छन् । रुसका निकोलाइ ल्यामले अमेरिका, जापान, प|mान्स तथा नेदरल्याण्डका पुरुषहरुको औषत उचाइ तथा मोटाइको अध्ययन गरेका थिए । उनले त्यसक्रममा बडी मास इन्डेक्स अर्थात् बिएमआइको अध्ययन गरे जसले व्यक्तिको तौल तथा उचाइको अनुपात दिन्छ । अध्ययन अनुसार अमेरिकी पुरुषको यस्तो अनुपात सबैभन्दा बढि अर्थात् २९ छ । यसो भन्नुको मतलब अमेरिकी पुरुषहरुमा उचाइ अनुसार हुनुपर्ने मोटोपन बढि छ । उचाइ र मोटाइको सबैभन्दा राम्रो सन्तुलन जापानीहरुमा छन् । जापानी पुरुषहरुमा यस्तो अनुपात २३.७ छ । अमेरिकी पुरुषहरुको औषत उचाइ ५ फिट ८ इन्च रहेको छ । त्यस्तै जापानी पुरुषहरुको औषत उचाइ ५ फिट ६ इन्च । प|mान्सेलीको ५ फिट ७ इन्च तथा डच पुरुषहरुको ६ फिट रहेको छ । यसले जापानी पुरुषहरु सबैभन्दा बढि स्वस्थ रहेको देखाएको छ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !