|
|
|
|
२३ पुस, काठमाडौं । गुल्मीमा पाण्डे बाहुनको परिवारमा जन्मेकी कमला यतिबेला पछाडि पारिएको भनिएको मधेसी समुदायलाई छुट्याइएको कोटाबाट सभासद बनेकी छन् । पहाडे बाहुन समुदायमा जन्मे पनि विवाहका आधारमा उनी मधेसी समुदायबाट छानिने भाग्यमानी पहाडे बाहुनी ठहरिएकी हुन् ।
एमालेले पाण्डेकी छोरी कमलालाई विवाहकै आधारमा महतो बनाएर मधेसी कोटामा पारे पनि केन्द्रीय नेतृ अष्टलक्ष्मी शाक्यलाई भने यही नजिरका आधारमा ‘खस आर्य’ बनाएन । अमृत बोहोरासँग विवाह गरे पनि शाक्यलाई जनजातिको कोटाबाटै सभासद बनाइएको छ । बाहुनकी छोरी कर्मले मधेसी बने पनि जनजातिकी छोरी अष्टलक्ष्मी भने विवाहपछि पनि क्षेत्रिनी नभई जनजाति नै कायम रहिन् ।
सभासद छनोटका बेला एमालेले क्षेत्रिनी र बाहुनीको दोहोरो मापदण्ड कमला महतो (पाण्डे) र अष्टलक्ष्मी शाक्य -बोहोरा) बाहेक अरु पनि धेरैमा प्रयोग गरेको छ । गुल्मीका एमाले नेता बोमबहादुर खड्काकी पत्नी दिलशोभा खड्का पनि जनजातिको कोटाबाटै समानुपातिक सभासद बनेकी छन् । पुनकी छोरी भएकाले उनी जनजातिको कोटामा परेकी हुन् ।
तर, कमला महतोमा लगाइएको नजिर प्रयोग गर्ने हो भने विवाहपछि दिलशोभा ‘खस क्षेत्री’ हुनुपर्ने हो । नवलपरासीकी सिन्धु जलेसा बूढाथोकी पनि जनजातिको कोटाबाटै सभासद् बन्ने भाग्यमानी बाहुनी हुन् । आचार्यकी छोरी भए पनि बूढाथोकीसँग विवाह गरेका कारण एमालेले उनलाई जनजातिको कोटाबाट सभासद बनाएको हो । अष्टलक्ष्मी शाक्यमा लागेको नजीर सिन्धुमाथि लागेको भए उनी जनजातिको कोटामा पर्ने थिइनन् ।
त्यस्तै ओखलढुंगाका एमाले नेता छवि कार्कीकी पत्नी सकुन्तला पनि जनजातिकै कोटाबाट दोस्रो संविधानसभामा समानुपातिक सभासद बन्न भ्याएकी छन् । विवाहपछि ‘खस क्षेत्री’ भए पनि राजभण्डारीकी छोरी भएका कारण उहाँ जन्मका आधारमा जनजाति नै रहेकी हुन् ।
कांग्रेसमा पनि उस्तै
एमाओवादीमा एउटै मापदण्ड
एमाओवादीले भने विवाहित महिलालाई ‘जनजाति’ वा ‘खस आर्य’ मान्ने मापदण्ड एमालेको जस्तो दोहोरो नबनाई एकैखालको बनाएको छ । एमाओवादीले विवाहका आधारमा नभई जन्मका आधारमा महिलाको पहिचान निर्धारण गरेको छ । शाक्यसँग विवाह गरेकी संखुवासभाकी वेदमायाँ भण्डारीलाई एमाओवादीले ‘खस आर्य’को तर्फबाट सभासद बनाएको छ भने खत्रीसँग विवाह गरेकी गुल्मीकी सिर्जना तरामुलाई जनजातिको कोटाबाट सभासद बनाएको छ । त्यस्तै पहाडे अर्याल बाहुनसँग विवाह गरेकी निशाकुमारी साहलाई एमाओवादीले जन्मकै आधारमा मधेसीको कोटाबाट सभासद छानेको छ ।
सभासदबाहेक अरुतिर पनि यस्तै
नेताहरुले समानुपातिक र समावेशीवेशीको सिद्धान्तका टेकेर अन्यत्र पनि यस्तै गर्ने गरेको जानकारहरु बताउँछन् । विगतमा राज्य पुनसंसरचना आयोग गठन गर्दा कांग्रेस नेता नरेन्द्र गुरुङले आफ्नी पत्नी शावित्री थापा(क्षेत्री) लाई शावित्री गुरुङ भनेर प्रतिनिधित्व गराएको र नेताहरुले जनजाति धेरै नराखौं भन्दै खास जनजातिलाई प्रतिनिधित्व नगराएको गुनासो जनजाति नेताहरुको छ ।
के भन्छन् विज्ञहरु ?
बाहुनी या क्षेत्रिनीलाई विवाहका आधारमा जनजाति मानिएको विषयमा जिज्ञासा राख्दा महिला अधिकारकर्मी एवं पत्रकार निर्मला शर्माले अनलाइनखबरसँग भनिन्, ‘महिलाले आफ्नो अधिकारको खोजी बशकै आधारमा गरेका हुन्, त्यसैले विवाह गर्दैमा आफू जन्मेको समुदायलाई छाड्नु हुँदैन ।’
महिलालाई जन्म र बंशका आधारमा नभई विवाह गरेका आधारमा प्रतिनिधित्व गराउनु गलत हुने शर्माको भनाइ छ । ‘दिनेले पनि यसरी दिनु हुँदैन र लिनेले पनि पहिचानलाई यसरी लिनु हुँदैन, उनले भनिन्, ‘महिलाको पहिचान जन्म र बंशका आधारमा हुन्छ, विवाहका आधारमा होइन ।’
मानवशास्त्री डम्बर श्रेष्ठको विश्लेषण पनि पत्रकार शर्माको जस्तै छ । ‘इमान्दारिता देखाउने हो भने जन्मको आधारमै प्रतिनिधित्व हुनुपर्छ, विवाहका आधारमा नगर्नु पर्ने हो,’ चेम्जोङले अनलाइनखबरसँग भने-’नेताले ताक परे तिवारी नत्र गोतामे गरेका हुन्, तर, यो त सीधै दोहोरो मापडण्ड भयो ।’
‘अन्य जातिसँग विवाह गरेकी जनजाति महिलाका पनि सन्तान जनजाति हुँदैनन् । भोलिका लागि नीति बनाउँदा उनीहरुका बच्चाबच्ची जनजाति हुँदैनन् । त्यसैले बिहे गरेर गएका वा आएका दुबैलाई जनजातिको कोटाबाट सभासद नबनाएको भए हुन्थ्यो,’ लिम्बुले अनलाइनखबरसँग भने- ‘क्षेत्रीसँग बिहे गर्ने मगर्नीका सन्तान पनि क्षेत्री नै हुन्छन् । त्यसैले यो कानूनको कमजोरीमाथि टेकेर जर्बजस्ती फाइदा लिन खोज्ने चरित्र हो । यसले सामुदायिक भावनाको सम्बोधन गर्दैन ।’



0 comments:
Speak up your mind
Tell us what you're thinking... !