Headlines News :
Home » » पार्टी सप्रिन्छ भने आमा र म शिवनगरमा गाई पालेर बस्न तयार छौं : प्रकाश

पार्टी सप्रिन्छ भने आमा र म शिवनगरमा गाई पालेर बस्न तयार छौं : प्रकाश



भिडियो  हेर्न बक्समा क्लिक गर्नुहोस!


प्रकाश दाहाल एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालप्रचण्ड’ का एक मात्र पुत्र हुन्

नेपाली सञ्चारमाध्यमले खुवै पछ्याइरहेका उनले सामाजिक सञ्चालहरुमा पनि राम्रो स्थान पाइरहेका हुन्छन्

विभिन्न कारणले चर्चामा आइरहने उनले केन्द्रीय समिति बैठकमा केही नेताले पार्टीको हारमा प्रकाशको समेत हात रहेको बताएपछि केही दिनअघि विज्ञप्ति निकालेर प्रचण्डको सचिवालय छाडेको घोषणा गरे

बेलाबेलामा विवादमा परिरहनुको कारण, आगामी दिनको उनको योजना, पारिवारिक राजनीतिकलगायत वियषयमा केन्द्रित रहेर काठमाण्डु टुडेले लामो कुराकानी गरेको प्रस्तुत , प्रकाशसँग गरिएको कुराकानी :
तपाईंले केही दिनअघि एउटा विज्ञप्तिमार्फत पार्टी हेर्डक्वाटर छाडेको घोषणा गर्नुभयो किन ?
राजनीतिमा लागेदेखि पार्टी हेर्डक्वाटर छाडेसम्मको अवस्थाबारे मैले विज्ञप्तिमै प्रकाश पार्ने कोसिस गरेको छु २०५८ सालमा पार्टीको पूर्णकालीन कार्यकर्ता भएको हुँ त्यसयता अधिकांश समय केन्द्रीय कार्यालयमा रहेर काम गरें

यो अवधिमा मैले पार्टीमा आफ्नो क्षमताले भ्याएसम्म योगदान दिएको छु जारी केन्द्रीय समिति बैठकमा मेरो बारेमा केही नेताहरुले कुरा उठाउनुभएछ, मेरो नाम जोडेर बुवाको आलोचना भएको थापा पाएपछि केन्द्रीय कार्यालय छाड्न उपयुक्त हुने ठानेर यो निर्णय लिएको हुँ


के कुरा उठेछ तपाईंका बारेमा केन्द्रीय समिति बैठकमा ?
प्रकाश केन्द्रीय कार्यालयमा बसेका कारण पार्टी हारेको हो भन्ने कुरा उठाइएको रहेछ मेरो उद्देश्य पार्टी अध्यक्षलाई सहयोग गर्ने हो त्यति हँदाहुँदै पनि केन्द्रीय समितिमा कुरा उठेपछि त्यहाँ बसिरहन उपयुक्त ठानिन यो निर्णय लिएँ


केन्द्रीय समितिमै कुरा उठ्नुमा केही केही कारणले काम गरेकै होला, तपाईंमाथि लागेका सबै आरोप झुठा हुन् ?
पछिल्लो समय मबाट केही कमीकमजोरी सीमा रहन गए जुनकुरमा मैले विभिन्न माध्यमबाट पटकपटक स्वीकार गर्दै पनि आएको छु जबसम्म केन्द्रीय समितिमा जसले प्रश्न उठाउनुभयो, उहाँहरुले किन त्यस्तो भन्नुभयो भन्नेबारेमा मलाई थाहा हुने कुरा भएन

मलाई लाग्छ कि जसले कुरा उठाए उनीहरुले आफ्नो हारको वास्तविक कारण ढाकछोप गर्न यस्तो कुरा गरे होलान् के त्यसो भए जितेको भए मलाई उनीहरुले मलाई जस दिन्थे ? यस्तो आरोपमा कुनै तुक छैन


तपार्ईं आफैंलाई चाहिं पार्टी हारमा आफ्नो गतिविधि पनि धेरथोर रुपमा जिम्मेवार भन्ने लाग्छ कि लाग्दैन ?
मैले अघि पनि भनिसकें कुनै रहरले हेर्डक्वाटरमा बसेको होइन पार्टीले निर्णय नै गरेर हेर्डक्वाटरमा राखेको हो करिब १५ वर्षदेखि जस्तोसुकै संकटका बेलामा पनि पार्टीले खटाएको ठाउँमा काम गर्दै आएको सबैलाई थाहै तत्कालीन शाही सेनाले बम वर्षा गर्ने बेलादेखि बुवा प्रधानमन्त्री भएका बेलामा समेत सँगै छु के बिनायोगदान रु जसरी सत्तामा पुगेपछि मात्र मोजमस्ती गर्न बुबासँग बसेको मान्छे हुँ ?


पार्टी हार्नुमा पार्टी नेता कार्यकर्ताका क्रियाकपाल जिम्मेवार पार्टीमा ठेकेदारी प्रथा बढ्दै गएको के यसो हुनुमा पनि प्रकाश दाहाल जिम्मेवार ? मेले आफूले गरेको कमजोरी स्वीकार गरिसकेको छु त्यसका लागि कारबाहीसमेत भोगिसकेको हुँ मेरो बारेमा टिप्पणी गर्नेहरुलाई आग्रह कि अरुका बारेमा कुरा उठाउनुअघि आफ्नो अनुहार पनि एकपटक ऐनामा हेर्नुस् अरुलाई गाली गरेर कोही पनि आफू रुपान्तरण हुने होइन पार्टी हार्नुमा नेतादेखि कार्यकर्ता सबै जिम्मेवार छन् यस्तो बेलामा एक अर्का माथि दोष थोपरेर आफू पानीमाथिको ओभानो भन्न छाडेर सबै रुपान्तरण हुनुको विकल्प छैन त्यसो हुँदा हामी सबै पार्टीले जित्छ, देश जनताले जित्छ


तपाईंले व्यक्तिगत जीवनमा गरेको कमजोरीले पार्टी समाजमा केही पनि असर गरेको छैन ?
मान्छेबाट कमजोरी हुन्छ , संसारमा हरेक मानिसले आफ्नो जीवनमा सानो ठूलो कमजोरी गरेकै हुन्छ तर एकपटक कमजोरी गरेको मान्छे त्यसपछि कामै लाग्दैन भन्ने हो भने कोही पनि मानिसको काम लाग्दैन होला सयमा सय दूधले नुहाएको कोही हुन्छ ? यद्यपि तपाईंले उठाएको मेरो नितान्त व्यक्तिगत मामिला हो यसमा केही भन्न चाहान्न मेरो कारणले पार्टीलाई थोरै घाटा भएको होला, तर मेरै कारणले पार्टी हार्‍यो भन्ने गलत कुरा हो


तपाईको गल्तीबाट बुबासहित परिवारका अरु सदस्यमाथि पनि प्रश्न उठ्ने गरेका छन्, यो पक्कै राम्रो नलाग्ला तपाईंलाई ?
मेरो गल्तीमा मेरो परिवारको के दोष ? नेपालको राजनीतिमा प्रचण्डको प्रभाव नेतृत्वलाई कसरी कमजोर बनाउने भन्ने ठूलो डिजाइन हुँदै आएको प्रचण्डलाई राजनीतिक, सांगठनिक वैचारिक हिसाबले कमजोर पार्ने डिजाइनअन्तर्गत मलाई नेपाली मिडियाले हतियार बनाएका छन् आफूले गरेको गल्तीमा मैले कारबाही भोगेको छु आन्तरिक कारबाहीको चरण पार गरेर यहाँ आइपुगेको छु अब त्यस्तो प्रकारको गल्ती दोहो¥याउँदिन पार्टी छाडेर कतै जान्न


तपाईंलाई हतियार बनाइयो कि तपाईं आफैंले मिडियाका लागि मसला जुटाइदिनुभयो ?
मलाई त्यस्तो लाग्दैन संसारभर कम्युनिष्ट आन्दोलनले धक्का खाएको अवस्थामा नेपालमा प्रचण्डको नेतृत्वमा यो सफलताको दिशामा अघि बढ्यो यो कुरा नेपालको विकास परिर्वतन नचाहने देशी विदेशी शक्तिलाई मन परेको छैन

नेपालका अधिकांश ठूला मिडिया ती शक्तिको प्रभावमा छन् प्रचण्ड कमजोर नभएसम्म आफ्नो राजनीतिक प्रभाव बढाउन नसक्ने देखिसकेपछि यो खेल भइरहेको मेरो कारणले बुबामाथि प्रहार भयो भन्ने कुरा विल्कुल झुठ हो पार्टी तेस्रोमा झरे पनि समकालीन नेपालमा प्रचण्डको लेवलको नेता कोही छैन मेरो बुबा भएर यो भनेको होइन

यो कुरा हामीले होइन माओवादीका कट्टरविरोधीलाई सोध्नुस् यही भन्छन् नेपालको इतिहास नै त्यस्तै , राम्रो नेता कोही जन्मियो भने सके भौतिक रुपमै नसके अरु हिसाबले सिध्याउने खेल हुँदै आएको प्रचण्ड सिध्याउने विरोधीको हत्कण्डाको शिकार मात्र मलाई बनाइएको हो


तपाईंको व्यक्तिगत मामला नै सही तर बिना मगरसँगको सम्बन्धका बारेमा केही भन्दिनुस ?
हामी सगरमाथाबाट फर्किएपछि एउटा साप्ताहिक पत्रिकामा हाम्रोबारेमा नभएको समाचार आयो सगरमाथा अभियानमै रहेका टिमका साथीमध्ये केहीले काल्पनिक समाचार बनाएर प्रकाशित गरेका हुन् त्यसले हाम्रो पारिवारभित्र ठूलो विवाद तरंग ल्यायो मैले बुबा, आमा श्रीमतीसहित सबैलाई त्यस्ता कुरामा सत्यता नरहेको षड्यन्त्र भएको बताएँ तर सृजना (श्रीमती) ले मानिनन्


उनले छोराको कसम मसँग बस्नै नसक्ने बताइन् सम्बन्ध विच्छेद गर्ने बताएर घर छाडेर गइन बिनाको घरपरिवारमा पनि मेरैजस्तो समस्या आएको थियो त्यसपछि हामीले यो कदम चालेको हो तर मैले प्रक्रियामा कमजोरी गरें उनले डिभोर्स गर्छु भनेपछि मैले दिएको भए हुने थियो हडबडाएर गरेको गल्तीको सजायँ मेले भोगिसकेको छु कसैले पनि रहरले गल्ती गर्दैन मानिसको जीवनमा गल्तीका लागि बाध्यता आउँछ यो कुरा मैले बारम्बार गर्दै आएको छु अब त्यस्तो कमजोरी नदोहोर्‍याउने प्रण गरेको छु


विज्ञप्तिमा हेर्डक्वाटर छाडे पनि पार्टीमै सक्रिय हुने बताउनुभएको रहेछ, अब के गर्नुहुन्छ ?
मेरो जीवन सम्पत्ति भनेको पार्टीबाहेक केही छैन यो पार्टी निर्माण गर्न हामीले ठूलो मात्रामा रगत पसिना बगाएका छौं पार्टी निर्माणका क्रममै हाम्रो व्यक्तिगत सम्पत्ति बेचिएको हो यो कुरा पार्टीमा सबैलाई थाहा कतिपय कमरेडले प्रकाश सीता दाहाल पुख्र्यौली सम्पत्तिमा गएर खेतीपाती गरेर बसे हुन्छ भन्नेहरु हाम्रै पार्टीभित्र पनि छन्

के त्यसो भन्नेहरुले हाम्रो पुख्र्यौली सम्पत्ति देखाउन सक्छन् ? चरम संकटकालको समयमा तपाईंका छोराछोरीहरु कहाँ के गर्दै थिए हामीलाई थाहा छैन ? हामी जीवन हत्केलामा खारेर युद्धमा लडिरहेका थियौं अहिले पनि तपाईंका छोराछोरी आन्दोलनमा छन् कि व्यापारमा छन् ? छातिमा हात राखेर भन्नुस्


तपाईंकै पार्टीभित्रका मान्छेहरुले पनि प्रकाश सीता दाहाल तपाईंहरुको पुख्र्यौली थलो चितवनको शिवनगरमा गाई पालेर बस्नुपर्छ, त्यसो गर्‍यो भने पार्टी राम्रो हुन्छ भन्छन्, के त्यसको लागि तयार हुनुहुन्छ ?
यदी आमा शिवनगर गएर गाई पालेर बस्दा पार्टीलाई फाइदा पुग्छ जनताको हितमा हुन्छ भने हामी त्यो गर्न तयार छौं तर त्यसो भन्नेहरुले पनि एकपटक आफ्नो अनुहार ऐनामा हेर्नुपर्‍यो यो पार्टीमा सबैभन्दा बढी योगदान गर्ने महिला कोही भने सीता दाहाल हो किनभने, कसैको पनि सफलताका पछाडि सकैन कसैले सहयोग गरेको हुन्छ बुबालाई यो तहमा ल्याउन आमाको ठूलो भूमिका

सीता दाहाल नभइदिएको प्रचण्ड प्रचण्ड हुने थिएनन् प्रचण्ड नभएको भए नेपालमा गणतन्त्र आउने थिएन त्यसैले सीता प्रकाशतिर मात्रै औंला ठड्याउनु भनेको आफ्नो आङमा भैंसी नदेख्ने अर्काको टाउकोमा जुम्रा देख्ने प्रवृत्ति हो मैले अघि पनि भनें यदी पार्टीले आमालाई चितवन पठाउँदैमा पार्टी राम्रो हुन्छ, नेपालमा परिवर्तन संस्थागत हुन्छ, घाइते, बेपत्ता सहिदका सपना पूरा हुन्छन् भने हामी त्यसका लागि तयार छौं पार्टीभन्दा बाहिर हाम्रो केही छैन अन्तिम श्वास रहँदासम्म पार्टीमै रहन्छौं


तपाईंले केही दिनअघि फेसबुकमा केही साथीहरुसँग मिलेर खेतीपाती गर्न लागेको सार्वजनिक गर्नुभएको थियो, के गर्न लाग्नुभयो ?
पार्टीको हेटौंडा महाधिवेशनले ल्याएको कार्यदिशा अनुसार सानो व्यवसाय गर्ने सोचमा छु अध्ययन गरिरहेको छु केही विज्ञहरुसँग भेटेर सल्लाह लिने काम गरें उनीहरुले कृषि पशुपालनमा राम्रो हुने सुझाव दिएका छन् अर्ग्यानिक तरकारी खेती, माछा पालन, बाख्रा पालन वा बंगुर पालनमध्ये एउटा काम गर्ने सोचमा छु त्यसका लागि केही ठाँउमा भाडामा लिन जग्गा पनि हेरें हामी दुई/तीन जना साथीहरु मिलेर यो काम गर्न खोज्दैछौं


तपाईंले निकालेको विज्ञप्तिमा सानै उमेरदेखि राजनीतिमा लागें जसले गर्दा पढाई पनि बिग्रियो, भन्नुएको रहेछ यति धेरै दुःख गरियो तर दुःख अनुसारको जस लिन सकिएन भन्ने लाग्दैन ?
हामी केही लिने उद्देश्यले पार्टीमा लागेको होइन त्यसैले जस पाइएन भन्ने चिन्ता लाग्दैन नेपालबाट राजतन्त्र उन्मुलन गर्न मुलुकको आमुल परिवर्तन गर्न राजनीतिमा लागेको हो कम पढेकै कारण हाम्रै कयौं नेताले पनि मलाई हेप्ने गरेका छन् तर मलाई गर्व , मुलुकको राजनीतिक परिवर्तनको आन्दोलनमा थोरै भए पनि योगदान गर्ने अवसर पाएँ यसमा पछुताउनु पर्ने कारण छैन गणतन्त्र ल्याउन मैले खेलेको भूमिकाको एक दिन इतिहास जनताले मूल्याङ्कन गर्नेछन्


तपाईंको पढ्ने उमेर नै , पढे हुँदैन ?
त्यो पनि सोच बनाइरहेको छु प्राइभेट परीक्षा दिने तयारीमा छु व्यवसाय, राजनीति पढाईलाई एकैसाथ अघि बढाउने सोचमा छु पढ्छु, कम्तिमा बीए पाससम्म गर्छु


कुन विषय बढ्नुहुन्छ ?
मैले आइएमा राजनीतिशास्त्र पढेको हुँ राजनीतिशास्त्रमै बीए पास गर्छु पढाई छोडेको १६ वर्ष भइसक्यो लामोग्याप’ को कारण केही गाह्रो होला तर प्रयास गर्ने हो भने असम्भव केही छैन


आफ्नाबारे बाहिर भइरहेका नकारात्मक टिप्पणीका विषयमा कहिले काँही घर परिवारमा कुरा हुँदैन ?
कुरा हुन्छ मानिसहरुले जसरी समाधानको उपाय देखाइरहेका हुन्छन्, त्यो चाँही सही होइन भन्ने निष्कर्ष आउँछ विरोधका लागि विरोध गर्नेहरुको पछि लाग्न छोडिसकें पार्टीभित्रैका पनि आफूले गर्दा पार्टीलाई कति क्षति भएको , भन्नेबारे कहिल्यै नसोच्ने खाली आफू मात्रै राम्रो, अरु बिग्रिएको भन्छन्

जसले केन्द्रीय समितिमा प्रकाशका कारण चुनाव हारें भनेर रोइकराई गरिरहेका छन्, तिनीहरु नै मंसिर गतेसम्म बुबाकहाँ आएर १० हजार भोट अन्तरले जित्छु कमरेड’ भन्थे जब गते आयो, गते भयो, अनि प्रकाशले गर्दा हारियो भने के प्रकाशले कसैको चुनाव क्षेत्रमा गएर जनतालाई भोट नहाल भनेको थियो ? प्रकाशले गर्दा हारेको भन्नेले किन मंसिर गते नै प्रकाशलाई हेर्डक्वाटरबाट हटाउनुपर्छ नभनेको ? अब प्रकाशले प्रचण्डको निजी सचिवालय छोडिसक्यो, पनि हेरौंला नी पार्टी कस्तो बनाउनुहुँदो रहेछ





गोपाल किराँतीले एउटा पत्रिकामा खेलै लेखेर प्रकाशलाई हुम्ला वा ताप्लेजुङ पठाउनुपर्छ भन्नुभएको रहेछ, केन्द्रीय समितिबाट निर्णय गर्नुस् हुम्ला जान तयार छु त्यसपछि तपाईंहरु पनि के गर्नु हुँदोरहेछ, हामी पनि मूल्याङ्कन गरौंला आफ्नो छोरालाई कहाँ पठाउनु हुँदो रहेछ, त्यो पनि हेरौंला त्यसपछि तपाईंको परिवार तपाईंले के गर्नुहुन्छ, त्यसबारे यो प्रकाशले पनि कुरा उठाउन पाउला नि !
हेर्डक्वाटर छोड्नुपूर्व बुबा आमासहित परिवारमा सल्लाह गर्नुभयो ?
मैले कसैसँग सल्लाह गरेर यो निर्णय लिएको होइन केन्द्रीय समितिमा कुरा उठ्यो भन्ने सुन्ने बित्तिकै केही कदम चाल्नुप¥यो भन्ने सोचें विज्ञप्ति निकालें


यो कुरा बुबालाई कसरी थाहा भयो ?
बुबाले सञ्चारमाध्यमहरुबाट थाहा पाउनुभएको रहेछ भोलिपल्ट विहान यस्तो समाचार आएको रहेछ, के हो भनेर सोध्नुभयो, त्यसपछि हो भनिदिएँ


त्यसमा उहाँको प्रतिक्रिया के थियो ?
खुसी हुनुभयो राम्रो गरिस् भन्नुभयो आमाले पनि राम्रो गरिस् भन्नुभयो तर मेरो निकटका केही साथीहरुले भने ठीक गरिनस्, आलोचनाबाट डराएर भाग्ने काम गरिस् आलोचना सामना गर्नुपर्थ्यो भनेका छन् उनीहरु भन्छन्, तैंले अध्यक्षसँग बसेर उहाँलाई सहयोग गरेको थिइस्, सुरक्षा हेरेको थिइस्, त्यहाँ बसेर राम्रो काम गरेको थिइस्, तर यो निर्णयबाट पछि हट्दिन


परिवारै छाडेको होइन नि ?
हाम्रो पारिवारिक सम्बन्ध कसैले चाहेर पनि खोसिने होइन कोही कोही मानिसहरु भन्छन् कि, प्रचण्ड प्रकाश अलग भैदिए हुन्थ्यो के त्यो संभव ? त्यसो भन्नेहरुले आफ्नो छोरा वा बाबु त्याग्न सक्छन् ? आफ्नो छोराको गतिविधिले बाबुआमा खुसी वा दुःखी हुन सक्लान तर कमजोरी ¥यो भनेर संसारमा कसैले सन्तानै त्यागेको कुनै घटना ?

जतिसुकै कुलंगार भएपनि बाबुआमालाई आफ्नो सन्तानको माया लाग्छ बाबुछोरा नै अलग्निुपर्छ भन्नु मानवीय हिसाबले पनि ठीक होइन के बाबुछोरा भनेको भाडामा लिन मिल्ने चिज होर, यो मन परेन अर्को व्यवस्था गरौं भनेर ? सभ्य समाजले कमजोरी गर्नेलाई सही बाटो ल्याउने हो, भीरबाट धकेलेर लडाउने होइन नि


पार्टीले फेरि हेर्डक्वाटरमै बस्न भन्यो भने के गर्ने नि ?
हामी पार्टी लाइनप्रति प्रतिबद्ध मान्छे दुःखमा डगमगाउने सुखमा मात्तिने काम कहिल्यै गरिएन १५ वर्षदेखि निरन्तर इमान्दारिताका साथ काम गर्दै आएको छु पार्टी निर्णयविपरीत अहिलेसम्म केही गरेको छैन अब पनि गर्दिन पार्टीले कुन कुनै जिम्मा देला, यदि पदाधिकारीले तपाईंको खाँचो हेर्डक्वाटरमै , यहीँ बस्नुस् भने भने त्ययसमा पुनर्विचार गर्न सक्छु तर हेर्डक्वाटर बस्ने मनस्थितिमा छैन


तपाईंलाई मानिसहरुले पूर्वराजा ज्ञानेन्द्र पुत्र पारससँग तुलना गर्ने गरेका छन्, त्यसबारे के भन्नुहुन्छ ?
मैले यसको सामान्य जवाफ अघि नै दिइसकेको छु बुबालाई कमजोर बनाउन मलाई माध्यम मात्र बनाइएको जहाँसम्म पारससँग तुलना गरिएको कुरा , उनको मेरो केही कुरा मिल्दैन हाम्रो पृष्ठभूमि मिल्छ, स्वभाव मिल्छ, केका आधारमा मानिसहरु त्यस्तो कुरा गर्छन् त्यो बारे उनीहरुलाई नै सोध्नुस् पारस भनेको सय ४० वर्ष लामो सामन्ती राजतन्त्रको पृष्ठभूमिमा मोजमस्तीका साथ हुर्किएको युवा हो

हामी गरिब जनताको कोखमा जन्म लिएर झुपडीमा हुर्किएर आएको मान्छे हो त्यँहीबाट भिन्नता देखिन्छ नि ! अर्को कुरा प्रकाश दाहालले गायक प्रवीण गुरुङलाई जसरी गाडीले किचेर कहिल्यै मान्छे मारेको ? डिस्कोमा गएर कहिले गोली चलाएको ? आरोप लगाउनेहरुले त्यसको पुष्टि गर्न सक्छन् ? कुन तस्करीको घटनामा प्रकाश समातिएको ? प्रकाश दाहाल कस्तो भन्ने कुरा पार्टीका सबै नेता कार्यकर्तालाई थाहा पार्टी बाहिरका पनि मसँग संगत गर्नेहरुलाई थाहा भ्रममा पर्नेहरु परिरहुन् एक दिन कुरा बुझ्छन्


तपाईंले विज्ञप्तिमा थोरै प्रष्टीकरण धेरै कुण्ठा व्यक्त गर्नुभएछ है ?
त्यहाँ कुण्ठा पोखेको छैन, प्रकाश दाहाल कहिल्यै निराश कुण्ठित हुने मान्छे होइन मैले भएकै कुरा लेखेको छु अहिले पार्टीले चुनाव हा¥यो, अनि मैले गर्दा हारेको भन्ने ? चुनाव जितेको भए के प्रकाशले गर्दा जितेको भन्थे ? चुनाव हारेपछि आफूलाई लोकप्रिय देखाउन मेरो नाम जोडेर कोही उम्किन सक्छ ? यस्तो हावादारी कुरा कसैले पत्याउँछ ? मैले सत्य कुरा लेखेको हो

मलाई आरोप लगाउनेहरु पूर्णकालीन भएर पार्टीमा काम गर्दा जागिर खाइरहेका थिए, कोही नाचगानमा थिए उनीहरुले आफ्नो आत्मालाई सोधुन पार्टीमा प्रकाश दाहाल कहिले आएको हो कहिले आएको हो भन्ने उहाँहरुलाई परिस्थितिले नेता बनायो प्रचण्डको छोरा भएको कारण पछि परें तर मलाई कुनै पद प्रतिष्ठाको लोभ लालसा केही छैन केही चाहिंदैन, निस्वार्थ रुपले पार्टीमा योगदान गर्दै आएको छु, आउने दिनमा पनि गर्छु यो सबै जनताका लागि गरेको हो जनताबाहेक हाम्रो आफ्नो भन्नु केही छैन


त्यसो भए प्रचण्डको छोरा भएकै कारण पछि परेको भन्ने पीडा तपाईंमा ?
मलाई कहिले काहीं के लाग्छ भने बुबा शिक्षक हुनुहुन्थ्यो, बरु शिक्षककै छोरा हुन पाएको भए खुसी हुने थिएँ कि ? बरु बिहान–बेलुका हलो जोतेर दुई छाक जोहो गर्ने काम गरेको भए पो हुन्थ्यो कि भन्ने तर्कनाहरु आउँछन् आफ्नो परिवारका बारेमा अनावश्यक समाचार आएको बेला त्यस्तो सोच बलियो भएर आउँछ केही चटपटे पत्रपत्रिकाका मानिसहरुलाई हाम्रो बारेमा अनावश्यक कुरा नलेखी निन्द्रै लाग्दैन


भनेपछि तपाईंको समाचार लेखेरै मिडिया चलाएका छन्, भन्न खोज्नुभएको हो ?
हो भए नभएको चटपटे समाचार बेचेर केही मान्छे कमाउ धन्दामा लागेका छन् मेरो बारेमा भए÷नभएका समाचार लेखेर उनीहरुले घर चलाएका छन् त्यसमा मलाई खुसी पनि लाग्छ मेरै कारणले केही पत्रिका चलेका छन्, विचराहरुको चुल्हो बलेको भन्ने चाहिं हुन्छ


आफ्नो बारेमा समाचार लेख्नेहरु भेट्दा के कुरा हुन्छ ?
मैले त्यस्तो नभएको कुरा किन लेखेको भनेर प्रश्न गर्छु पत्रकारिताको विद्यार्थी होइन तर यति कुरा थाहा कि पत्रकारिताको सिद्धान्तले कसैका बारेमा समाचार लेख्नुछ भने उसको भनाइ त्यसमा राखिनुपर्छ अरुलाई सस्तो उपदेश दिन नभएको कथालाई समाचार बनाएर पस्कन जान्नेले पत्रकारिताको सिद्धान्त ख्याल गर्नुपर्दैन ?


जवाफ चाहिं कस्तो आउँछ नि ?
कोहीले नभएको बेला काम गर्नेकेटाहरु’ले लेखिदिएछन्, अब त्यस्तो हुँदैन भन्छन् अनि फेरि लेख्न छाड्दैनन् कोही चाहिं तपाईंले हामीलाई पार्टीभित्रको खास गरी लाजिम्पाटको सूचना दिनुभएन त्यसैले लेखियो भन्छन् बाबा उनीहरुको रिपोर्टर हुँ कि पार्टीको कार्यकर्ता ? मैले सूचना दिनुपर्छ भन्ने के ? सूचना दिने पार्टीको छुट्टै निकाय पार्टीका सूचना दिनकै लागि भनेर प्रवक्ता राखेको हुन्छ

फेरि हाम्रो प्रवक्ताले हरेक शनिबार नियमित पत्रकार भेटघाट गरेर पार्टीको गतिविधि समसामयिक विषयबारे आधिकारिक धारणा सार्वजनिक गरिरहनुभएको उहाँलाई सोध्नु पर्‍यो नि समाचारका लागि अरु कयौैं नेताहरु पनि हुनुहुन्छ, उहाँहरुलाई सोध्नु पर्‍यो नि ? प्रचण्ड, बाबुराम, नारायणकाजी पोष्टबहादुर बसेको बैठकमा प्रकाश दाहाल सहभागी भएको हुन्छ उहाँहरुबीच भएको भित्री कुरा मैले दिने ?

पार्टीको सूचना कहाँबाट लिने भन्ने समेत थाहा नपाउनेले के मिडिया चलाउनु ? हुँदै नभएको कुरा लेखेर कमाउन पापै लाग्छ नि ? प्रकाश पार्टीको भित्रि सूचना बाहिर दिएर खाने मान्छे होइन कतिले पैसा माग्छन् पैसा देऊ नभए तिम्रो विरोधमा समाचार लेख्छु भन्छन् यस्तालाई के भन्ने


अरु नेताका छोराछोरी विदेश गएर पढे, मैले पढ्न पनि पाइन, कामको मूल्याङ्कन पनि भएन भन्नुभएको , को हुन् उनीहरु ?
कसैलाई व्यक्तिगत रुपमा मान मर्दन हुने गरी नाम लिन चाहन्न त्यस्ता मान्छेहरु छन् कोही यस्ता नेता छन्, जसले आफ्नो सन्तानको नाम थरसमेत फेरेर विदेशमा पढाए उनीहरु नै ठूला कुरा गर्छन सबैका बारेमा सबैलाई थाहा नाम लिइरहनु जरुरी छैन अहिले पनि पढाईलाई नै मुख्य ठान्नेहरु छन् युद्धकालमा पनि विदेश पढे, डिग्री हासिल गरे अहिले नेता पनि उनीहरु नै भएका छन्

उनीहरुले पढ्न हुने थिएन भन्ने मेरो कुरा होइन, तर ममाथि बढी प्रहार गर्नेहरु उनीहरु नै छन् त्यस्तालाई पनि नेता मान्नुपर्दा कहिले काहीं दुःख लाग्छ जनताका छोराछोरीलाई बुर्जुवा शिक्षा पढ्न हुन्न भनेर आन्दोलनमा होम्ने उनीहरु भटाभट सहिद हुने अनि आफ्नालाई चाहिं विदेशको डिग्री चाहिने ? अहिले पनि कतिपय नेताजीहरुका छोराछोरी महंगा स्कुलमा पढिरहेका छन्

बाहिर निजी शिक्षाको विरोध गर्ने भित्रभित्र पदीय हैसियतको दुरुपयोग गरेर आफ्ना छोराछोरी महंगा स्कुलमा पढाउने ? के गरिब जनताका छोराछोरीले पढ्ने सरकारी स्कुलमा उनीहरुका छोराछोरी पढ्नु हुँदैन ? कित सरकारी स्कुलको गुणस्तर सुधार्न लाग्नुपर्‍यो, कित बोर्डिङमै पढाउने हो भने दोहोरो कुरा गर्नु भएन नि के हजारौं सहिदहरुको उद्धेश्य केही नेताका छोराछोरीलाई महंगा स्कुल पढाउन हैसियतमा पुर्‍याइदिने मात्र थियो , एकपटक छातीमा हात राखेर सोच्नु पर्दैन सहिद बेपत्ताका छोराछोरीहरु कहाँ पढिरहेका छन् उनीहरुले कहिल्यै मतलब गरेका छन् ?

जसको त्याग, तपस्या बलिदानले मुलुकलाई पार्टीलाई यहाँसम्म ल्यायो ती कसैको उनीहरुलाई मतलब छैन उनीहरु कहाँ कस्तो अवस्थामा छन्, के गरिरहेका छन् वास्ता छैन तर उनीहरुको ब्याज खाएर नेताका छोराछोरी महिनामा बीसौं हजार तिरेर राजधानीका रातो बंगला, सेन्ट जेभियर, ग्यालेक्सीजस्ता राजधानीका महंगा स्कुलमा पढाइरहेका छन्

के हामीले देखेको सपना यही हो ? अनि प्रकाशले गर्दा पार्टीले हार्‍यो रे के बुबाले चाहनुभएको भए मलाई संसारको जुनसुकै कलेजमा पढाउन सक्नुहुन्थेन ? तर उहाँले त्यसो गर्नुभएन किन भने जनताका छोराछोरी मरिरहेका छन्, मैलचाहिं आफ्ना छोराछोरीलाई पढाएर राख्न मिल्दैन, आन्दोलनमै लगाउनुपर्छ भन्ने सोच उहाँमा थियो जसले हाम्रो परिवारका बारेमा नराम्रा मात्र कुरा गर्छन्, के उनीहरुले यस्तो कुरा कहिल्यै सोचेका छन् ?


कहिले काहीं तिमि पनि पढ बनेर सुझाव दिनुहुन्न नेताहरुले ?
हाम्रा नेताहरुले मलाई अहिलेसम्म त्यस्तो सुझाव दिएको थाहा छैन सन्दर्भ नमिलेर हो वा अरु कारणले हो जान्दिन बरु अरु पार्टीका नेताहरु खास गरी काँग्रेसका सुशील कोइराला, रामचन्द्र पौडेल शेरबहादुर देउवाले पढ भन्नुहुन्छ उहाँहरुले पहिला पढ्न पाएनौ, अब पढ बाबु भनेर धेरैपटक सुझाव दिनुभएको


प्रचण्डको सानो घेरा भएको केही मानिसहरुको मात्रै कुरा सुनेका कारण पनि पार्टी हारेको भन्छन्, तपाईं सचिवालयमा बसेको मान्छे उहाँको घेरा फराकिलो बनाउन सहयोग गर्नुपर्दैन ?
यो वाहियात तर्क हो नेपालमा सबैभन्दा ठूलो घेरा भएको नेता नै प्रचण्ड हो जनस्तरमा उहाँको जस्तो फराकिलो सम्बन्ध कुनै पार्टीका कोही नेताको छैन अहिले हाम्रो पार्टी तेस्रोमा खुम्चिएको तर तपाईं लाजिम्पाट आएर हेर्नुस् भेट्न आउनेहरुको लाइन कति हुन्छ ? बिहान बजेदेखि राति १०/११ बजेसम्म बुबाले समाजका सबै तहका सयौं मानिससँग साक्षात्कार गर्नुहुन्छ


भेटघाटका लागि यति सहज नेता अरु को ? के हो सानो घेरा भनेको ? फेरि उहाँ बाहिरका केही सीमित मानिसहरुको सल्लाहमा मात्र चल्नुहुन्छ भन्ने कुरा सोह्रैआना झुठ हो

उहाँका मुख्य सल्लाहकार भनेको केन्द्रीय कार्यालयको टिम हो त्यसपछि चाहिएका बेला फरक–फरक विषयका जानकारहरुसँग सल्लाह लिनुहुन्छ कोही यस्तो गुर्नपर्‍यो, उस्तो गर्नुपर्‍यो भनेर आफैं सल्लाह दिन आउँछन् उहाँ सबैको कुरा सुन्नुहुन्छ, तर निर्णय आफ्नो पदाधिकारी टिमको सल्लाहमा लिनुहुन्छ अरु अमुक सल्लाहकार छन् भन्ने कुरा सही होइन सधैं बुबासँग हुन्छु, मैले ते देखेको छैन मैले नदेख्ने तर अरुले देख्ने भएको भए मैले जान्ने कुरा भएन


तपाईं चाहिं सल्लाह दिनुहुन्छ कि हुन्न ?
मात्र होइन सचिवालयमा रहेका सबैसँग बुबाले कुरा गर्नुहुन्छ व्यस्तताले गर्दा कहिले काहीं समाचारहरु हेर्न पाउन भएको हुँदैन त्यस्तो बेलामा हामीले बाहिर यस्तो भइरहेको भनेर जानकारी गराउँछौं तर उहाँको मुख्य सल्लाहकार भनेको पूर्वपदाधिकारी हालको केन्द्रीय कार्यालयको टिम हो


कटवाल प्रकरणमा तपाईंसहित तपाईंको आमाले अहिले नचलाऔं, तीन महिनापछि अवकाश लिएर आफैं जाउन भन्नुभएको थियो रे नि ?
कटवाल प्रकरणमा बुबाले ममीलाई समेत केही भन्नुभएको थिएन राष्ट्रपतिले सरकारको निर्णय उल्ट्याएर रातारात थमौतीको पत्र बालुवाटारमा पठाएपछि बुबा त्यसरात सुत्नु भएन उहाँले राति नै विज्ञप्तिको खेस्रा तयार पार्नुभयो कार्यकारी सरकारले गरेको निर्णय उल्ट्याएर राष्ट्रपतिले संवैधानिक राष्ट्रपतिको दायरा नाघेका थिए

नैतिकताका आधारामा आफू प्रधानमन्त्री पदमा बसिरहनु राम्रो नहुने निष्कर्षमा उहाँ राति नै पुगिसक्नुभएको रहेछ कटवाल प्रकरण घट्नुमा आन्तरिक कारण नै बढी जिम्मेवार पार्टीभित्रैका एकथरिले बुबामाथि कटवाललाई कारबाहीका लागि दबाब थिएका थिए कटवाललाई कारबाही नगरेको भए बुबाकै नेतृत्वमा मुलुकले संविधान पाइसकेको हुने थियो उहाँजस्तो राष्ट्रवादी जनताप्रति प्रतिबद्ध व्यक्ति नेपालको इतिहासमै सायदै प्रधानमन्त्री भएको होला


त्यो बुबा भएको कारण भन्नु भएको होला नि ?
जतिबेला पार्टीको पूर्णकालीन कार्यकर्ता भएँ त्यतिबेला देखि नै सँगै छु मलाई कहिल्यै बुबासँग छु भन्ने लागेन उहाँलाई छोराको व्यवहार कम पार्टी कार्यकर्ताको व्यवहार बढी गर्थें उहाँले पनि मलाई छोरा भन्दा आमकार्यकर्तालाई गर्ने व्यवहार गर्नुभयो उहाँ मेरो बुबा हो तर उहाँलाई मैले त्यो रुपमा मात्र हेर्दिन

एउटा मुलुक परिवर्तनमा हिंडेको अभियन्ताका रुपमा लिएको छु उहाँ सामूहिक सम्पत्ति हो मेरो मात्र निजी सम्पत्ति होइन जसमा सबै नेपालीको बराबर हक बुबाले मलाई कहिल्यै परिवारको समस्याका बारेमा चिन्ता गरेको थाहा छैन उहाँलाई सधैं देशको चिन्ता

प्रचण्डकै नेतृत्वमा भएको जनयुद्धले नेपालको राजनीतिमा आमुल परिवर्तन भएको हो राजतन्त्र हटेर गणतन्त्र आएको त्यो कुरामा मलाई बुवाप्रति गर्व उहाँको नेतृत्वमा मुलुकमा क्रान्ति नभएको भए अहिले पनि देशमा सामन्ती राजतन्त्र हुन्थ्यो


तपाईंलाई देशका सबै ठूला मान्छेले फोन गर्छन रे हो ?
बुबाको सचिवालयमा बसेका कारण मेरा लागि होइन बुबाका लागि फोन आउँछ राम्रो रेस्पोन्स गरिदिन्छु उहाँहरुले पनि मायाँ गर्नुहुन्छ ?


क–कसको फोन आउँछ ?
पार्टीभित्रका सबै नेताको आउँछ, सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, झलनाथ खनाल, माधव नेपाल सबैले फोन गर्नुहुन्छ सबैले मायाँ गर्नुहुन्छ पनि उहाँहरुलाई आदर सहयोग गर्छु


बुबासँग बसेपछि आफूले फेसबुकमा लेखेको कुराले उहाँलाई अप्ठेरो पर्ला भन्ने सोच्नु हुन्न है तपाईं ?
फेसबुकमा आफूलाई चित्त नबुझेका कुरा पोष्ट गरिहाल्छु मानिसहरु ठान्दा हुन्, प्रचण्डले अह्राएर वा उहाँलाई थाहा भएरै यो सब भइरहेको तर उहाँलाई यो बारेमा केही थाहा हुँदैन उहाँको छोरा मात्रै होइन, पार्टीको कार्यकर्ता पनि हुँ जसरी अरुलाई आफ्नो बारेमा बोल्ने अधिकार , त्यसैगरी मलाई पनि चित्त नबुझेको कुरामा प्रचण्ड, बाबुराम, नारायणकाजी जसको भएपनि विरोध गर्छु पार्टी सप्रिन्छ भने आमा शिवनगरमा गाई पालेर बस्न तयार छौं : प्रकाश

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार