Headlines News :
Home » » गर्नु गर्यो फेसबुकले, आधुनिक अमेरिकी युवती भारतमा बुर्हातन खेप्दै

गर्नु गर्यो फेसबुकले, आधुनिक अमेरिकी युवती भारतमा बुर्हातन खेप्दै





उमेरका दिनमा टु पिस लगाएर क्यालिफोर्नियको सामुद्रिक किनारमा टहलिने, पार्टीहरुका ककटेलमा रमाउने अमेरिकी युवती आजकल भारतको एउटा गाउँमा परम्परागत शैलीमा बुर्हातन गर्दैछिन्

हरियाणाको पनिपात गाउँमा अहिले यी युवती बिहानै उठेर लिपपोत गर्छिन, श्रीमान् सासुलाई खाना पकाएर खुवाउँछिन, भाँडा माझ्छिन, अनि दिउँसो बयलगाडा लिएर पतिसँगै मेलापात जान्छिन्

क्यालिफोर्नियाको आधुनिक जीवन छाडेर, उनका लागि झण्डै साताब्दी पुरानो लाग्ने यो दिनचर्यामा जीउन प्रेरित गर्ने एउटै आधार हो– प्रेम





 
एड्रियाना क्यालिफोर्नियामा(बायाँ) बिबाहका बेला भारतीय परम्परागत पहिरनमा(दायाँ)

फेसबुकमार्फत् चिनजान भएका भारतीय युवक मुकेशकुमारसँग बिबाह गरेर अहिले उनी हरियाणमा हाँसीखुसी गाउँले महिलाको जीवन बिताइरहेकी छिन

४१ वर्षीया एड्रियानाले गत अगष्टमा आफ्नो छोरीकै उमेरका भारतीय युवा मुकेशकुमारलाई फेसबुक साथी बनाइन् त्यो भेटघाट प्रेम बिबाहमा परिणत हुन केही महिना पनि लागेन्

अहिले २५ बर्षिय मुकेशकुमार उनका पति हुन् उनी भन्छिन–‘मुकेशसँगको जीवन निकै राम्रो यो संसारको कुनै पनि चिजसँग साट्न सक्दिन ।’





 
घर लिपपोत गर्दो एड्रियाना
मुकेशको घरभित्र ट्वाइलेट छैन, नुहाउनका लागि बाथरुम छैन, शहरको सेवा सुबिधा यो कृषि परिवारमा हुने कुरै भएन् तर, यी सवमा एड्रियानालाई कुनै दुःख छैन्



 
चिया पकाएर खुवाउने अनि कुचो लगाउने उनका दैनिकि बनेका छन
एड्रियानाका आमाबाबु मेक्सीकोबाट अमेरिका गएका थिए उनले आफूभन्दा १६ वर्ष कान्छो केटासँग विवाह गरेर भारत जान लगेको बताउँदा धेरैलाई अचम्म लागेको थियो मेरी छोरी रोइन् उनले महिलाका लागि भारत असुरक्षित भनेकी थिइन्’ उनले भनेकी छिन् केहीले मुकेश झुटो भएको उनलाई अनलाइनमा ठगेको समेत बताए

उनले भनेकी छिन्–मैले उनलाई इन्दिरा गान्धी विमानस्थलको गेटमा देखेपछि ठूलो राहत महसुर गरेँ ।’ मुकेश एड्रियानाले नोभेम्बरमा भारतीय परम्पराअनुसार विवाह गरे मुकेश टुटेफुटे अंग्रेजी बोल्न सक्छन तर, अहिले पत्नीसँग सिक्दैछन्

अनौठो के भने एड्रियानाकी छोरी उनका पतिको उमेर एउटै हो अर्थात २५ बर्ष अहिले उनीहरु नयाँ सन्तानको तयारीमा छन् -एजेन्सीको सहयोगमा

गर्नु गर्यो फेसबुकले, आधुनिक अमेरिकी युवती भारतमा बुर्हातन खेप्दै
 


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार