Headlines News :
Home » » सर्वोच्चको आदेश चिकित्सकले टेरेनन्

सर्वोच्चको आदेश चिकित्सकले टेरेनन्



काठमाडौं, माघ (ओएनएस) : सर्वोच्च अदालतले सोमबार अपरान्ह बन्द रहेको अस्पताल सुचारु गर्न आदेश दिएपनि आन्दोलनरत चिकित्सकले अस्पताल खोल्न मानेका छैनन्
अनसनरत डा. गोविन्द केसीको मागमा समर्थन जनाउँदै आन्दोलित भएका चिकित्सहरुले सर्वोच्चको लिखित जानकारी नआएकोले सेवा सुचारु नगर्ने जनाएका हुन्
सर्वोच्चले एक घण्टाभित्रै बन्द अस्पताल सुचारु गर्न आदेश दिएको थियो तर त्यसको दुई घण्टापछि नेपाल चिकित्सक संघले सेवा सुचारु गर्न सर्वोच्चले दिएको आदेशबारे लिखित जानकारी नआएको भन्दै आन्दोलन जारी रहेको जनाएको
एक विज्ञप्ति जारी गर्दै चिकित्सक संघले देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेक अन्य सेवाहरु बन्द कार्यक्रमलाई निरन्तता दिने बताएको हो
चिकित्सक संघका अध्यक्ष अन्जनीकुमार झाले भने लिखित जानकारी नआएको माग पुरा नभएकोले आन्दोलन जारी रहेको बताए
सर्वोच्च अदालतले अस्पताल अत्यावश्यकीय सेवा भएको भन्दै आदेश प्राप्त भएको एक घण्टाभित्र सेवा सुचारु गर्न आदेश दिएको थियो

सर्वोच्चको आदेश चिकित्सकले टेरेनन्


Share this article :

1 comment:

  1. Sadai KO lagi banda vaya hunthiyo
    Bakwas hospital ...garib KO yaha kunai
    Tetment hudaina

    ReplyDelete

 
Original Design by हावा संसार Modified by बिजोग संसार