Headlines News :
Home » » डा.केसीले जुस पिएर अनसन तोडे

डा.केसीले जुस पिएर अनसन तोडे



काठमाडौं, १० माघ (ओएनएस) : विभिन्न माग राख्दै १३ दिन देखि अनसनमा रहेका डा.गोविन्द केसीले आफ्ना माग सम्बोधन गर्ने आश्वासनमा अनसन तोडेका छन् केसीले शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरी बाँस्कोटा शिक्षण अस्पतालमा उपचार गर्न आएकी सात वर्षीय बालिका एलिशा थापाले दिएको जुस पिउँदै अनसन अन्त्य गरेका हुन्
अनसन तोड्ने कार्यक्रममा नेपाल चिकित्सक संघका पदाधिकारी, शिक्षण अस्पतालका चिकित्सक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो
यसअघि गएराती सरकारले केसीका सबै माग पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो प्रतिवद्धता अनुरुप सरकारी वार्ता टोली केसीको समर्थनमा आन्दोलनरत नेपाल चिकित्सक संघबीच स्वास्थ्य मन्त्रालयमा भएको वार्ताबाट सहमतिलाई अन्तिम रुप दिइएको थियो
सहमतिमा सरकारी वार्ता टोलीका संयोजकसहित चार जना संघका अध्यक्ष अञ्जनीकुमार झाले हस्ताक्षर गरेका छन्
केसीले आफ्ना मुख्य माग पूरा हुने भएपछि अनसन तोडेका हुन् उनले संस्थानलाई स्वायत्त निकायको रुपमा विकास गरिनुपर्ने, राजिनामा दिएका डीन प्रकाश सायमीको पुर्नस्थापना वा वरिष्ठताका आधारमा नयाँ डिन नियुक्त हुनुपर्ने नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुँने तीन बुँदालाई आफ्नो बटमलाईन बनाएका थिए
सरकारी टोली केसीबीच त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठताको आधारमा नयाँ डिन नियुक्ति गर्ने, देशमा आवश्यक पर्ने मेडिकल कलेजबारे नीति बनाएर त्यही अनुसार प्रक्रिया पुर्याएर मात्रै नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने संस्थानलाई स्वायत्त विश्वविद्यालयको रुपमा विकास गर्न अध्ययनका लागि गठित कार्यदलको प्रतिवेदनको आधारमा अघि बढ्ने सहमति भएको
डा.केसीले जुस पिएर अनसन तोडे

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार