Headlines News :
Home » » आफ्नो ज्यानको बाजी राखेर भारतीय सुटरलाई पक्राउ गर्न सफल हुने दुई प्रहरीले पाए बढुवा

आफ्नो ज्यानको बाजी राखेर भारतीय सुटरलाई पक्राउ गर्न सफल हुने दुई प्रहरीले पाए बढुवा



काठमाडौं – आफू गोली लागेर घाइते हुँदा पनि लखेटी लखेटी भारतीय सुटरलाई पक्राउ गर्न सफल बाराका दुई प्रहरीले एक तह बढुवा पाएका छन् । प्रहरी प्रधान कार्यालयमा केही बेरअघि बसेको पोलिसी कोअर्डिनेसन कमिटीको बैठकले प्रहरी जवान शेष समसादलाई हवल्दार र असई मातृका ठाकुर सईमा बढुवा गर्ने निर्णय गरेको हो । बहादुरीपूर्वक कर्तव्य निर्वाह गरेको भन्दै प्रोत्साहनस्वरूप दुवैलाई एक तह बढुवा गर्ने निर्णय गरेको प्रहरी प्रवक्ता गणेश केसीले जनाए । सामान्य राइफल र पेस्तोल बोकेका यी दुई प्रहरीले बुधबार गोली लागेर घाइते हुँदा पनि साहस देखाउँदै हत्या गरेर भाग्दै गरेका चारवटा हतियार बोकेका दुई भारतीय अपराधीलाई पक्राउ गरेका थिएबहादुर दुई प्रहरीले पाए बढुवा

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार