Headlines News :
Home » » प्रचण्ड र ज्ञानेन्द्र मिल्नुपर्ने सल्लाह

प्रचण्ड र ज्ञानेन्द्र मिल्नुपर्ने सल्लाह



राजतन्त्र फर्काउन राजावादीहरुले एउटा नयाँ फर्मुला अगाडि ल्याएका छन् । त्यो फर्मुला हो, पुर्व राजा ज्ञानेन्द्र र एमाओवादी अध्यक्ष प्रचण्डको सहकार्य । ज्ञानेन्द्र र प्रचण्ड दुबै राष्ट्रवादी भएकाले मुलुकको स्वाधीनताको रक्षाका लागि यी दुबै एक हुनुपर्ने राजावादी चिन्तकहरुको आग्रह छ । प्रचण्ड राष्ट्रवादी भएकै कारण यसपाली निर्वाचनमा एमाओवादीलाई भारतले हराइदिएको र उनको नेतृत्व कमजोर बनाउन व्यापक चलखेल भएको दावी एक राजावादीको छ । ‘प्रचण्ड जेजस्तो भए पनि उनी राष्ट्रवादी चाँही हुन, त्यही भएर हराइयो । ज्ञानेन्द्रले पनि राष्ट्रवादी भएकै कारण नारायणहीटी छाडनुप¥यो’, एक राजावादी भन्छन्, ‘अब दुबै मिल्नुपर्छ । दुबै मिलेमा कसैको केही चल्दैन ।’ ती राजावादीका अनुसार भारतले भनेको नमानेकै कारण राजतन्त्र ढलेको हो । सार्कमा चीनलाई पनि पर्यवेक्षक बनाउनुपर्छ भनेर ज्ञानेन्द्रले भन्नु र भारतले अघि सारेका कतिपय गम्भीर प्रस्ताव स्वीकार नगर्नु नै राजतन्त्र ढल्नुको कारण भएको उनको दावी छ । त्यसैगरी प्रचण्डले पनि मुलुकको राष्ट्रिय हितविपरीत भारतसँग कुनै सम्झौता गर्न नचाहेकाले उनको पार्टीलाई व्यापक धाँधली गरेर हराइएको उनी बताउँछन् । यो मुलुकमा जनता राजावादी र एमाओवादी मिल्नुपर्ने पक्षमा भए पनि धाँधली गरेर विदेशी दलालहरुलाई मात्र जिताइएको पनि ति राजावादी बताउँछन् । अब पुर्व राजालाई नरोत्तम सिंहानुकजस्तो बनाउने, ज्ञानेन्द्रको उच्च सम्मान गर्दै प्रचण्डले सरकार हाँकेर देशको विकास गर्ने र यसैबाट मुलुकको स्वाधिनता पनि जोगिने ति राजावादीको सल्लाह छ । राप्रपा नेपालले संविधानसभामा केही स्थान ल्याउनु, राजावादीहरुको मनोबल बढनु, भारतमा भारतीय जनता पार्टीले आगामी लोकसभा निर्वाचनपछि केन्दीय सरकार नै बनाउने सम्भावना बढनु आदि कारण कतिपय राजावादी मुलुकमा राजतन्त्र फर्किने सपना देख्न पनि थालेका छन् । तर, प्रचण्डको सहयोग बिना राजतन्त्र फर्कीन गाह्रो र रक्तपात मच्चिने भएकाले प्रचण्ड–ज्ञानेन्द्रवीच सहकार्य गराउने सुत्र अघि सारिएको हो । ‘प्रचण्डज्यूलाई हराइएबाटै बाह्र बुँदे समझदारी रद्द भइसक्यो, मुलुक अब नयाँ कोर्समा जानुपर्र्छ’, ति राजावादी भन्छन, ‘त्यो नयाँ कोर्स भनेको भारतीय भूमिका भारतको हात माथि हुने गरी हैन, स्वदेशमै राष्ट्रवादी शक्तिहरुवीच समझदारी हुनुपर्छ ।’ राजावादी पत्रकार राजन कार्कीले पनि राजावादीहरुको मुखपत्र ‘राष्ट्रवाणी;को प्रथम पृष्ठमा एक लेख लेख्दै प्रचण्ड र ज्ञानेन्द्रको सहकार्य आवश्यक भएको ठहर गरेका छन् । उनले लेखेका छन– ‘२००७ सालमा दिल्लीबाट राजा त्रिभुवन फर्कंदा जनताले मार्छन भनेर डराएका राणा प्रधानमन्त्रीलाई स्वयं राजाले एयरपोर्टमै अंगालो मारेर बचाएको दृश्य सम्झनेहरु प्रचण्डलाई समय छँदै सम्हालिन आग्रह गर्न थालिसकेका छन् । बुझ्नु नबुझ्नु उनको कुरा हो, तर अन्र्तराष्ट्रिय षडयन्त्र समेत प्रचण्डविरुध्द शक्रिय भएको आहट सुन्नेले सुनेका छन् । प्रचण्ड ब्लूब्लडेड नेपाली भएर उभिने र पूर्व राजासँग राष्ट्रवादमा सहकार्य गर्ने हो भने अहिले पनि प्रचण्ड तिसमार खाँ नै हुन सक्छन् । यसका लागि पुर्व राजाले सिंहानुक बन्ने र प्रचण्डले सघाउने हो भने नेपालको स्वाधिनता बच्न र नेपाल बिखण्डित हुनबाट बचाउन सकिन्छ । प्रचण्डलाई चेतना भया, नेपालको एकिकरण राजाले गरेका हुन र ज्ञानेन्द्र तिनै बडामहाराजाका रगत हुन् । जसले नेपाल निर्माण गरेको हो, उसका सन्तानले नेपालको अस्तित्व समाप्त हुनैलाग्यो भने नागार्जुनमा तपस्या गरेर बस्दैन, उसको तपस्या नेपालको रक्षाका लागि भंग हुनेछ । यो राजनीतिक प्रदुषण अरु एक वर्ष चल्यो भने पुर्व राजा सिंहानुक भएर निस्किनेछन् ।’ राजावादीसँग सहकार्य हुँदैनः प्रचण्ड राष्ट्रवादीहरु एक हुनुपर्ने धारणा बाहिर आइरहेको बेला एमाओवादीका अध्यक्षले सो कुराको सम्भावना नरहेको स्पष्ट पारेका छन् । ‘१० वर्षे महान् जनयुद्धमा त्यही सामन्ती राजतन्त्र हटाउन हजारौं नेपाली जनताले बलिदान गरे । त्यसैको जगमा जनआन्दोलन भयो र जनयुद्धकै बलमा देशमा गणतन्त्र, धर्मनिरपेक्षता जस्ता उपलब्धिहरु हासिल भए । अब फेरि पुरानै कोर्समा फर्कने कल्पना पनि गर्न सकिँदैन,’ उनले रातोपाटीलाई बताए । राजा फेरि भारततर्फ केही दिनअघि मात्र भारत भ्रमणबाट फर्किएका पुर्व राजा ज्ञानेन्द्र फेरी भारत भ्रमणमा जाने भएका छन् । यही माघ ८ गतेदेखि पुर्व राजाको एक साताव्यापी भारत भ्रमण हुन लागेको हो । नागार्जुन सुत्रका अनुसार भारतको जोधपुरमा आयोजना हुने एक शुभविवाहमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । यसरी विवाहका बहानामा पटक–पटक पुर्व राजा भारत जानुको खास कारण भने राजनीतिक नै भएको कतिपयको दावी छ ।प्रचण्ड र ज्ञानेन्द्र मिल्नुपर्ने सल्लाह

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार