|
|
|
|
काठमाडौँ १९ पुस – राखी सावन्त अरुको टिप्पणी गरेर बारम्बार चर्चा र विवादमा आइरहन्छिन् । यस पटक उनले माधुरी दीक्षितको बारेमा नकारात्मक टिप्पणी गरेकी छिन् । राखीको दावा छ कि माधुरी दीक्षितभन्दा उनी राम्रो डान्सर हुन् । उनले भनेकी छिन्, ‘ये जवानी है दीवानीमा माधुरीले गरेको नृत्य केही होईन, त्यो भन्दा राम्रो त म गरिदिन्छु ।’ राखीले सन्नी लियोनलाई त डान्स गर्नै नआउने बताएकी छिन् । ‘सन्नीलाई त डान्स गर्नै आउँदैन, राखीले भनिन्, ‘उसले एक्सप्रेसन दिनसमेत जानेको छैन ।’ साथै राखीले आफू असली आइटम गर्ल भएको दावी गरेकी छिन् । उनको दावी छ कि उनीसँग प्रतिस्पर्धा गर्न सक्ने कोही पनि छैन । उनको यस्ताे अभिव्यक्ति पछि माधुरी र सन्नीको कुनै प्रतिक्रिया आएको छैन । अन्त्यमा राखीले प्रश्न गरेकी छिन् ‘माधुरी जस्तो ठूलो हीरोइनलाई आइटम डान्स गर्ने जरुरत किन पर्यो ?’ यसअघि उनी बलिउड स्टार सलमान खानको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै ‘सलमान भर्जिन भए म पनि भर्जिन हुँ ।’ भनेर चर्चामा आएकी थिइन् । राखीले भनिन् ‘माधुरीभन्दा म राम्रो डान्सर’


0 comments:
Speak up your mind
Tell us what you're thinking... !