|
|
|
|
बिमान चढ्नासाथ बिमानभित्र धुमपान निषेध गरिएका संकेत जताततै देखिन्छ । त्यसमाथि सुरक्षा जानकारी दिनेबेला परिचारिकाहरुले पनि पटकपटक त्यस्तै आग्रह गर्छन– कृपया बिमानभित्र धुमपान नगरिदिनुहोला । तर, कतिपय मानिस यस्ता हुन्छन जसलाई यी सव आग्रहले छुँदैन । जसरी पनि चुरोटको तलतल मेट्नै पर्ने हुन्छ । चुरोट पिउने दुस्साहस गर्नु कति धातक हुन्छ भन्ने हालै एक अधवैंशेले भोगेका छन् । उनले ७ घण्टासम्म हातखुट्टा डोरीले बाँधेर बस्नुपर्ने भएको छ । ५४ वर्षका मिथाइस जोर्गले सिंगापुरबाट ब्रिसेबन जाने क्रममा उडिरहेको हवाइजहाजमा धुमपान गर्ने प्रयास गरेका थिए । सुरुमा उनलाई हजाइजहाजका कर्मचारीहरुले त्यो नगर्न आग्रह गरे । तर, उनी हिंस्रक बन्न खोजे । जसका कारण सवा ७ घण्टाको उडानमा उनको हात र खुट्टा बाँधेर राखिएको थियो । प्लेनमा रहेका एक यात्रुको उनको तस्वीर खिचेका थिए, जसमा उनको हात र खुट्टा बाँधिएको प्रष्ट देखिन्छ । इमिरेट्स एयरको विमान ब्रिसवेनमा पुगेपछि जोर्गलाई प्रहरीको जिम्मा लगाइएको छ प्लेनमा धुमपानको दुस्साहस गर्दा यस्तो परिणाम ?


0 comments:
Speak up your mind
Tell us what you're thinking... !