|
|
|
|
कालीदेवी निमावि मांखाका शिक्षक मछिन्द्रप्रसाद न्यौपाने आफ्नो पिरियड पढाइसकेपछि बाहिर निस्के । शिक्षक न्यौपाने बाहिरिएपछि विद्यार्थीहरू पनि उनीसँगै बाहिर निस्के । बाहिर निस्कने क्रममा शिक्षक न्यौपानेले ढोकामा बसेकी कक्षा ८ की छात्रा सुस्मिता तामाङको संवेदनशील अंग च्याप्प समाते । बाबु समानका शिक्षकले एक्कासि आफ्नो संवेदनशील अंग समातेपछि उनी निकै अत्तालिइन् ।फेरि शिक्षक न्यौपानेले अर्काे हातले पनि समातेपछि उनी रुँदै बाहिरिइन् । शिक्षक न्यौपानेले गरेको यो क्रियाकलापसँगै रहेका अन्य दुई विद्यार्थीले पनि हेरिरहेका थिए । घटना थियो २७ मंसिरको । घटना नम्बर ः २ शिक्षकले विद्यार्थीको संवेदनशील अंग कक्षाकोठामै समातेपछि विद्यालयमा हल्लीखल्ली मच्चियो ।
विद्यालयका शिक्षिकाहरूले यो घटना थाहा पाएपछि पीडित छात्रालाई सम्झाउने काम भयो । घटना नम्बर ः ३ विद्यालयका कर्मचारीहरूले छात्रामाथि कक्षाकोठामै यस्तो हर्कत गरेपछि शिक्षिकाहरूले यो घटनालाई स्टाफ बैठकमा पु¥याए । छात्रालाई दुव्र्यवहार गर्ने शिक्षकले आफूले नियतवश त्यसो नगरेको र झुक्किएर हात पुगेको भनेर सबैसँग माफी मागे । घटनालाई राजनीतिक विषय भन्दै पीडित छात्रा र उनका परिवारलाई घटना सार्वजनिक गरेको भन्दै दबाब दिएपछि पीडित परिवार यतिबेला समस्यामा परेको छ । घटना सामान्य भएको भन्दै स्रोत व्यक्ति कृष्णप्रसाद आचार्यले पनि पीडित छात्रा र उनका परिवारलाई मिल्न दबाब दिइरहेका छन् ।
विद्यालयमा स्टाफ बैठक बस्दा विद्यार्थीहरूले थाहा पाउने भएपछि सबै शिक्षकको सहमतिमा विद्यालयनजिकै रहेको स्थानीय धनबहादुर तिमल्सिनाको घरको कौसीमा बैठक बस्यो । स्टाफ बैठकमा पनि शिक्षक न्यौपाने ‘गल्ती भयो, म जे गर्न पनि तयार छु’ भन्दै बाहिरिए । बैठकबाट समस्याको समाधान नभएपछि गत ४ पुसमा विद्यालयमा अभिभावक भेला डाकिएको थियो । भेलामा सबै अभिभावकले पीडित छात्राको खुट्टा समातेर ढोग्न माग गरे पनि शिक्षक न्यौपानेले त्यसो गर्न नमानेको स्थानीय अभिभावकहरूले बताएका छन् । शिक्षक न्यौपाने ६ पुसमा विद्यालयमा आए पनि उनी नपढाइ बसेका थिए । सोही दिन स्थानीय एमाओवादीका कार्यकर्ताहरूले विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई गालीगलौज गरेका थिए ।
अभिभावकाहरूको भेलाबाट पनि समस्याको समाधान नभएपछि पीडितहरूले ५ पुसमा इलाका प्रहरी कार्यालय बाह्रबिसेमा न्याय माग्दै उजुरी दर्ता गरेका थिए । न्यौपानेलाई प्रहरीले पक्राउ गरेपछि पीडितहरू पनि प्रहरी कार्यालय पुगे । प्रहरी कार्यालयमा पनि एमाओवादीका कार्यकर्ताहरूले छात्रालाई केही नगरेको र राजनीतिक प्रतिशोध लिन यसो गरेको भन्दै पीडित पक्षलाई दबाब दिए । शिक्षक न्यौपानेको यस्तो हर्कत देख्ने दुई छात्राले प्रहरी कार्यालय र अभिभावक भेलामा यथार्थ बताएका थिए । तर, एमाओवादीका कार्यकर्ताहरूले ६ पुसमा दुवै छात्रालाई दबाब दिएपछि बोली फेर्न लगाएका थिए ।
प्रहरी कार्यालयमा स्रोत व्यक्तिलगायत सबैले मिल्न दबाब दिएपछि पीडित पक्षले १ लाख रुपैयाँ एक साताभित्र दिन माग गरेका थिए । रकम दिन शिक्षक न्यौपाने पनि तयार भए । तर, शिक्षक न्यौपानेले दुई महिनाको भाका मागे । प्रहरीसहितको संलग्नतामा मिलापत्र गरेपछि शिक्षक न्यौपानेले ३५ दिनभित्र १ लाख दिने सहमति गरे ।
प्रहरी कार्यालयमा प्रहरी, स्रोतव्यक्ति, राजनीतिक दलका स्थानीय कार्याकर्ताहरूले पीडित परिवारलाई जसरी पनि मिल्न दबाब दिएपछि आफूहरू मिल्न बाध्य भएको पीडित परिवारले बताएको छ । आर्थिक अवस्था निकै कमजोर भएको पीडित परिवारलाई यतिबेला भने गाउँमा बस्न नसक्ने गरी विभिन्न पक्षबाट धम्की आइरहेको उनीहरूले बताएका छन् ।
कक्षाकोठामै छात्राको संवेदनशील अंग समातेपछि…

0 comments:
Speak up your mind
Tell us what you're thinking... !