Headlines News :
Home » » अवैधरुपमा खाडी मुलुक जाने महिलाको संख्या बढ्दो

अवैधरुपमा खाडी मुलुक जाने महिलाको संख्या बढ्दो



नेपालगञ्ज, १७ पुस (ओएनएस) : रोजगारका लागि अवैधरुपमा खाडी मुलुक जाने महिलाको सङख्यामा वृद्धि भएको छ । भारतको बाटो रोजेर विदेश जाने महिलाको संख्या नेपालगञ्जमा प्रत्येक वर्ष बढ्दै गएको एक तथ्याङकले देखाएको छ ।
गत एक वर्षमा मध्यपश्चिमाञ्चलका विभिन्न जिल्लाबाट भारत र खाडी मुलुक गएकाहरुका आफन्तले यहाँ स्थित माइती नेपालमा खोजीका लागि ४ सय ४० निवेदन दिएका छन् । जसबाट पनि मानव बेचबिखन थप जटिल बन्दै गएको देखाउँछ ।
सो अवधिमा माइती नेपालले माइती इन्डियासँगको सहकार्यमा भारतबाट ४४ जना जोखिममा परेका नेपाली चेलीको उद्धार गरको छ । तर खाडी मुलुक पु¥याइएकको उद्धार भने हुन नसकेको सो संस्थाका क्षेत्रीय संयोजक केशव कोइराला जानकारी दिए ।
बेचिएका महिला तथा बालिकामध्ये ६० प्रतिशत खाडी मुलुक र बाँकी भारतका विभिन्न सहरमा जोखिमपूर्ण जीवन बाच्न बाध्य रहेको जनाइएको छ । उनका अनुसार सो अवधिमा १८ वर्षभन्दा कम उमेरका २ सय ४५ र सो उमेरभन्दा माथिका १ सय ९५ जना नेपाली चेली बाँके जिल्लाको नेपाल – भारत सीमा नाका हुँदै अवैधरुपमा भारत तथा खाडी मुलुकका विभिन्न सहरमा पु¥याइएका छन् ।
सो संस्थाले सार्वजनिक गरेको विवरणमा सन् २००२ देखि २०१३ सम्म भारत तथा खाडी मुलुकमा जोखिममा रहेका नेपाली चेलीको उद्धारका लागि दुई हजार ३० निवेदन परेका छन् । जसमध्ये अहिलेसम्म २ सय ६८ जनाको मात्र उद्धार गर्न सकिएको छ ।
अवैधरुपमा खाडी मुलुक जाने महिलाको संख्या बढ्दो

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार