Headlines News :
Home » » कोरियामा एक नेपाली कामदारको मृत्यु

कोरियामा एक नेपाली कामदारको मृत्यु



सउल । दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ । धरानका ६३ वर्षीय होम थोक्लेहाङ (लिम्बु)को कोरियाको राजधानी सउलमा निधन भएको हो । उच्च रक्त चापा र ब्रेन हेम्रेजका कारण गत सेप्टेम्बर २६ तारिखदेखि अचेत अवस्थामा रहेका लिम्बुको सउल नेशनल हस्पिटलको कोमामा उपचार भइरहेको थियो । हस्पिटलले सोमबार लिम्बुलाई मृत घोषणा गरेको हो ।
विगत बिस वर्षदेखि कोरियामा रहँदै आएका लिम्बुको उपचारमा चार करोड ७० लाख वन खर्च लागेको र उक्त खर्चमा भारी छुट हस्पिटलले दिन लागेको समाजसेवी ध्यान राईले बताए । समाजसेवी तथा ब्यवसायी ध्यान राईले लिम्बुलाई उक्त हस्पिटलमा रहेदेखि नै रेखदेख गर्दै आइरहेका थिए । मृतकका परिवारका सदस्य कोरियामै रहेकाले लिम्बुको अन्त्येष्टि कोरियामै गर्न सकिने हुँदा दूतावास तथा नेपाली संघ संस्थाहरुसँग आवश्यक सर सल्लाह भइरहेको राईले बताए ।
उता श्रम सहचारी अनिल गुरुङले परिवारको चाहाना अनुसार दूतावासको तर्फबाट के गर्न सकिन्छ सहयोग गर्न तयार रहेको बताए ।कोरियामा एक नेपाली कामदारको मृत्यु

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार