Headlines News :
Home » » मेस्सीको अधिपत्य तोड्दै रोनाल्डो बने फिफा वर्ष खेलाडी (फोटोफिचर तथा भिडियो)

मेस्सीको अधिपत्य तोड्दै रोनाल्डो बने फिफा वर्ष खेलाडी (फोटोफिचर तथा भिडियो)



जुरिच, पुस ३० – लियोनल मेस्सीको चार वर्षको अधिपत्य तोड्दै पर्चुगल तथा रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले सन् २०१३ को फिफा वर्ष खेलाडीको उपाधिमाथि कब्जा जमाएका छन् । जुरिच शहरमा आयोजना भएको एक भव्य समारोहबीच अर्जेन्टिना तथा बार्सिलोनाका मेस्सी तथा फ्रान्स तथा बायर्न म्युनिखका फ्रान्क रिबरीलाई पछि पार्दै रोनाल्डोले उक्त उपाधिमाथि कब्जा जमाएका हुन् ।
आफ्नो नाम घोषणा भएपछि निकै भावुक भएका रोनाल्डोले स्टेजमा पुग्दा आफ्नो आँशु रोक्न सकेका थिएनन् । उनीसँगै उनका आमा पनि खुसीका आँशु झारिरहेकी थिइन् । रोनाल्डोलाई पेले र मिचेल प्लाटिनीले वर्ष खेलाडीको गोल्डन बल हस्तान्तरण गरेका थिए । रोनाल्डोसँग उनका छोरापनि सँगै स्टेजमा पुगेका थिए ।
रोनाल्डोले सनु २०१३ मा आफ्नो क्लब र देशका लागि खेलेका कुल ५६ खेलमा ६६ गोल गरेका थिए । उनले पर्चुगललाई विश्वकपमा पु¥याउन महत्वपूर्ण ह्याट्रिक गरेका थिए भने उनले गत सिजन १५ एसिस्ट गरेका थिए ।
त्यस्तै जमर्नीकी नडाइन एंग्ररले महिला वर्ष खेलाडीको उपाधि हात पारेकी छिन् । उनले ब्राजिलकी मार्टा र अमेरिकाकी एम्बर वामब्याकलाई पछि पार्न सफल भएकी हुन्स
वर्षको सर्वोत्कृष्ट प्रशिक्षक जर्मन क्लब बायर्न म्युनिखका प्रशिक्षक जुप हायिंक्स घोषित भएका छन्् । गत सिजन उनले बार्यनलाई बुन्डेस लिगा, जर्मन कप र च्याम्पियनस् लिगको उपाधि दिलाएका थिए । उनले म्यान्चेस्टर युनाइटेडका सर एलेक्स फर्गुसन र बोरुसिया डर्टमण्डका जर्गन क्लपलाई पछि पारेका हुन् ।
स्वीडेन तथा पेरिस सेन्ट जर्मेनका स्टार ज्लाटान इब्राहिमोविचले इंग्ल्याण्डविरुद्ध गरेको उत्कृष्ट गोलका लागि फ्रेन्क पुस्कास एवार्ड हात पारेका छन् । त्यस्तै अफगानिस्तानले पनि फेयर प्ले अवार्ड हात पारेको छ । यस वर्ष ब्राजिलका महान् खेलाडी पेलेलाई विशेष अवार्डद्वारा सम्मान गरिएको थियो ।
यस वर्षको फिफा वर्ष टिममाः म्यानुयल नुयर (जमर्नी), ड्यानी आल्भेज (ब्राजिल), थियागो शिल्भा (ब्राजिल), सर्जियो रामोस (स्पेन), फिलिप लाह्म (जमर्नी), एन्ड्रे इनियेस्टा (स्पेन), ज्याभी हर्नान्डेज (स्पेन), फ्रान्क रिबरी (फ्रान्स), क्रिस्टियानो रोनाल्डो (पर्चुगल) ज्लाटान इब्राहिमोविच (स्वीडेन) र लियोनल मेस्सी (अर्जेन्टिना) परेकामेस्सीको अधिपत्य तोड्दै रोनाल्डो बने फिफा वर्ष खेलाडी (फोटोफिचर तथा भिडियो)

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार