Headlines News :
Home » » हेर्ने बित्तिकै लिन मन लाग्ने हस्तकला (फोटो फिचर)

हेर्ने बित्तिकै लिन मन लाग्ने हस्तकला (फोटो फिचर)



काठमाडौं, पुस २२ – केहीवर्ष अघिसम्म बर्दिया ठाकुरद्वाराकी अस्तुरिया थारुलाई दुई पैसा कहाँबाट हात पार्ने भन्ने चिन्ता हुन्थ्यो । तर अहिले एक, दुई हजार उहाँको लागि सामान्य भैसक्यो ।
‘ढक्की, खुत्रुक्के लगायतका सामान बेचेरै महिनामा ५, ७ हजार कमाई हुन्छ’ उज्यालो अनलाइसितको कुराकानीमा उहाँले भन्नुभयो । उहाँ मात्र होइन गाउँटोलका सबै महिला हिजोआज यस्तै काम गरेर जीविकोपार्जन गर्दै आएका छन् ।
‘जंगलबाट कुश अर्थात खर ल्याएर यस्ता सामग्री बनाउँदै आएका छौं’ हात्तीसारकी भेलु थारुले भन्नुभयो, ‘खासगरी निकुञ्ज घुम्न आउने पर्यटकले यस्ता सरसामान मन पराएर किन्ने गर्नुहुन्छ ।’
एउटा सामान बनाउन दुई दिनसम्म लाग्छ । महिलाहरुले एउटाको तीनसयदेखि पाँचसय रुपैंयासम्म हस्तकलाका सामग्री बेच्ने गर्छन । सरकारी तथा गैरसरकारी संघसंस्थाको सहयोगबाट तालिम लिएपछि महिलाहरु हस्तकला सामग्री बनाउन खप्पिस भएका हुन् ।
हेर्ने बित्तिकै लिन मन लाग्ने हस्तकला (फोटो फिचर)

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार