Headlines News :
Home » » नवजात शिशुको हत्या अभियोगमा महिला पक्राउ

नवजात शिशुको हत्या अभियोगमा महिला पक्राउ



बागलुङ, पुस १९– शिशु जन्माएर मारेको अभियोगमा प्रहरीले बाग्लुङ अमुरभूमीकी एक महिलालाई पक्रेको छ ।
हाल नरेठाँटी ७ बस्दै आएकी ४० वर्षकी नन्दकली नाईसालाई प्रहरीले पक्रेको हो । अवैध सम्बन्धबाट नाइसाले पुस १५ गते छोरा जन्माई घरदेखि केही पर सिस्नोको गाँजमा खाल्डो खनेर पुरेको प्रहरी नायब निरीक्षक शैलेन्द्र खड्काले जानकारी दिनुभयो ।
स्थानीयको जानकारीको आधारमा घटनाबारे सोधखोज गर्दा शिशुको शव भेटिएको थियो । नाईसा ४ सन्तानकी आमा हुन् । अहिले धम्जा प्रहरी चौकी विहुँमा राखिएकी उनलाई शनिबार जिल्ला प्रहरी कार्यालयमा ल्याउने प्रहरीले जनाएको छ ।
नवजात शिशुको हत्या अभियोगमा महिला पक्राउ

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार