|
![]() |
पाकिस्तानमा खुलेको एक रेष्टुँरामा पाकिस्तानीलाई नै प्रतिवन्ध । सुन्दा प्रत्याउन गाह्रो हुन्छ । तर, यो सत्य हो ।
इस्लामाबादमा ‘ल मेसास’ रेष्टुँरा छ । जहाँ पाकिस्तानीहरुलाई स्वागत गरिने छैन । मुस्लिमहरुको धार्मिक आस्थालाई लिएर यो निर्णय गरिएको रेष्टुँराका मालिक बताउँछन् ।
फिलिप भन्छन– ‘रेष्टुँरामा गैर हलाल भोजन र मदिरा पाइन्छ । तर, पाकिस्तानका केही मानिस यसलाई लिएर असन्तुष्ट छन् ।’ उनी थप्छन–हामीलाई मुस्लिमहरुलाई यस्तो ठाउँ दिने अनुमति छैन । पाकिस्तानका अल्पसंख्यकहरुलाई भने स्वागत छ ।’
रेष्टुँरामा जानेहरुलाई उनीहरुको राष्ट्रियता सोध्ने गरिन्छ । इस्लामावादमा रहेका पत्रकार सेलेन अलमिदाले यो फ्रान्सेली रेष्टुराँको विवादास्पद नियमबारे सूचना सार्वजनिक गरेका हुन् ।
उनले आफ्नो असली पहिचान लुकाएर रेष्टुँरामा गए र एक फर्जी नाममा रिजर्वेशन गर्न प्रयास गरे । रेष्टुँराले अस्वीकार गरेपछि उनले ट्वीटरमा ‘रंगभेद चल्दैन’ नामबाट अभियान नै चलाएका छन् । उनले रेष्टुराँको यो नियमलाई बेतुक भनेका छन् । ढोकैमा राष्ट्रियता सोध्ने रेष्टुँरा, सत्य बोले प्रबेश निषेध !
0 comments:
Speak up your mind
Tell us what you're thinking... !