|
![]() |
भिडियो हेर्न बक्समा क्लिक गर्नुहोस
माघ ११ – कतारमा विश्वकप फुटवलको पुर्बाधार निर्माणका क्रममा सन् २०१३ मा १ सय ८५ जना नेपालीको ज्यान गएको छ ।
बेलायती पत्रिका द गार्जियनका अनुसार सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि भइरहेको व्यापक पूर्वाधार निर्माणको क्रममा ज्यान गुमाउनेमा धेरैजसो नेपालका कामदार रहेका छन् ।

नेपाल कतारमा सबैभन्दा बढी कामदार पठाउने मुलुकको छैठौ स्थानमा पर्छ भने गएको २ वर्षमा त्यहाँ ३ सय ८२ जना नेपाली कामदारले ज्यान गुमाइसकेका छन् । यो संख्या अझै बढ्न सक्ने भन्दै पत्रिकामा चिन्ता व्यक्त गरिएको छ ।
गर्मी मौसामा काम गर्दा बिरामी परेका कामदारको उपचारमा समेत हेलचेक्र्याइ भैरहेको साथै क्षतिपूर्तिका लागि पनि कतार सरकारले उचित ध्यान पुर्याएको पत्रिकाले जनाएको छ । प्रवासी नेपाली समन्वय समितिले त्यहाँ ज्यान गुमाएका कामदारको शव फिर्ता गर्न साथै क्षतिपूर्तिका लागि पहल गरेपनि यसमा फिफाले पनि जोड दिनुपर्ने पत्रिकाले उल्ले गरेको छ ।
कतारमा विश्वकपको पुर्बाधार बनाउने १ सय ८५ नेपालीले ज्यान गुमाए
0 comments:
Speak up your mind
Tell us what you're thinking... !