Headlines News :
Home » » बिश्वसामु शिरउच्च रेग्मी: सरकार

बिश्वसामु शिरउच्च रेग्मी: सरकार



काठमाडौं, मंसिर मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सफलतापूर्वक संविधानसभा निर्वाचन सम्पन्न भएकामा विश्वसामु नेपालको शिर उँचो भएको बताउनुभएको मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले मंगलबार साँझ शुभकामना सन्देश प्रकाशित गरी निर्वाचनले नेपाली जनताको शान्ति समृद्धिको प्रत्याभूति गराउने संविधान निर्माण गरी देशलाई अग्रगमनतर्फ उन्मुख गराउन सफल हुने विश्वास व्यक्त गर्नुभएको


उहाँले देशमा उत्पन्न विशेष परिस्थितिमा देशको भविष्य निर्धारण गर्ने यस्तो ऐतिहासिक महत्वको निर्वाचनमा अत्यधिक सहभागिताका साथ मतदान गर्ने बुद्धिमत्तापूर्ण कार्य गरेकोबाट विश्वसामु हामी सबै नेपालीहरुको शिर उँचो भएको बताउँदै आजबाट नेपालीहरुको सुखद भविष्यको सुरुवात हुने विश्वास व्यक्त गर्नुभएको

अध्यक्ष रेग्मीको सन्देशमा भनिएको , ‘लोकतान्त्रिक व्यवहार राष्ट्रको अग्रगामी रुपान्तरणप्रति जिम्मेवारीबोध गर्दै आफ्नो लागि आफैँ संविधान निर्माण गर्ने उत्कट चाहना व्यक्त गरी नेपाली जनताले आज गरेको मतदान कार्यक्रममा शान्तिपूर्ण उत्साहजनक सहभागिता भएको ।’

मुलुकको विशेष परिस्थितिमा सम्पन्न गर्नुपरेको संविधानसभा निर्वाचनका क्रममा केही नगण्य समूहबाट भएको बहिष्कार, चुनौती, फैलाउन खोजेको भय त्रासको अवस्थालाई कत्ति पनि पर्वाह नगरी निर्वाचनलाई अवरोध पु-याउन भएका प्रयत्नलाई आम मतदाताहरुले स्वःस्फूर्तरुपमा अवज्ञा गरी सम्पन्न भएको मतदानबाट नेपाली जनताको ऐतिहासिक विजय भएको पनि उहाँले खुसी व्यक्त गर्नुभएको


आज सम्पन्न भएको मतदान कार्यलाई सफल तुल्याउन आ–आफ्नो स्थानबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने आम जनसमुदाय तथा सबै सरकारी निकाय, राष्ट्रसेवक, सुरक्षाकर्मी, सञ्चारकर्मी, नागरिक समाज, पेसागत संघ संगठन, अन्तर्राष्ट्रिय समुदायलगायत सबैलाई मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभएको

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार