Headlines News :
Home » » प्रचण्डलाई संविधानसभामा नजान वैद्यको सल्लाह ...दुई माओवादीवीच

प्रचण्डलाई संविधानसभामा नजान वैद्यको सल्लाह ...दुई माओवादीवीच



आकस्मिक वार्ता, संविधानसभाको विकल्पबारे छलफल -
९ मंसिर, काठमाडौं । चुनाव बहिस्कार गरेको नेकपा-माओवादी र चुनावमा पराजित भएको एनेकपा माओवादीका शीर्ष नेताहरुवीच आइतबार ललितपुरमा अप्रत्याशितरुपमा वार्ता भएको छ । वार्तामा दोस्रो संविधानसभाको विकल्प खोज्ने विषयमा समेत छलफल भएको माओवादी नेताहरुले बताएका छन् । वैद्य समूहका नेताहरुले संविधानसभामा नजान एमाओवादीलाई सुझाव दिएका छन् । एमाओवादी नेता कष्णबहादुर महराको निवासमा आयोजित भेटवार्तामा

एमाओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड, डा बाबुराम भट्टराई र कृष्णबहादुर महरा सहभागी हुनुहुन्थ्यो । वैद्य माओवादीका तर्फबाट अध्यक्ष मोहन वैद्यका साथै महासचिव रामबहादुर थापा (बादल) र सचिव देव गुरुङ सहभागी हुनुहुन्थ्यो । ‘यसलाई वार्ता नै त नभनौं तर, चुनाव बहिस्कार गर्दाका र चुनाव लड्दाका अनुभव एकापसमा साटासाट गरियो ।’ छलफलपछि माओवादी सचिव देव गुरुङले अनलाइनखबरसँग भन्नुभयो, ‘उहाँ (प्रचण्ड) हरुले अब संविधानसभाबाट जनताका एजेन्डा स्थापित गर्न नसकिने भयो, उनीहरुले डिजाइनका आधारमा चुनाव गरेका रहेछन्, त्यसैले पुनरावलोकन गरेनन् भने संविधानसभामा नजाने बताउनुभएको छ ।’ दुई दलका नेतावीच भएको आपरी छलफलमा संविधानसभाबाट जनता एजेन्डा स्थापित नहुनेमा दुबै पक्षले अनुभूति गरेको गुरुङको भनाइ छ । गुरुङका अनुसार नेकपा-माओवादीका अध्यक्ष वैद्यले चैत्र १ गते खिलराज रेग्मीलाई सरकार सम्पनु नै गल्ती भएको र त्यतिबेलैदेखि माओवादीलाई एक्ल्याउने डिजाइन शुरु भएको बताउनुएको थियो । चुनावमा धाँधली नै भएको भए पनि संविधानसभामा नगई अर्को बाटो कु हुन सक्छ भन्ने प्रचण्ड पक्षका नेताहरुको भनाइको जवाफ दिँदै वैद्य पक्षका नेताले संविधानसभाको विकल्प आफूहरुसँग रहेको र त्यो सर्वपक्षीय गोलमेच सम्मेलन नै हो भनेका थिए । गुरुङको भनाइअनुसार बैठकमा एमाओवादी नेताहरु पनि संविधानसभाबाट समस्या समाधान नहुनेमा सहमत देखिएका थिए । संविधानसभामा जाँदैनौं नभन्ने तर, निर्वाचनको पुनरावलोकनको माग गर्दै देशव्यापी आवाज उठाउने र संघर्ष गर्ने एमाओवादी नेताहरुले बचन दिएको गुरुङले बताउनुभयो । वैद्य पक्षका नेताले चाहिँ दोस्रो संविधानसभामा कुनै पनि हालतमा सहभागी नहुन एमाओवादी नेताहरुलाई सल्लाह दिएका थिए । अबको मुद्दा भनेको संविधानसभा नभई गोलमेच सम्मेलनलाई बनाउनुपर्ने वैद्य पक्षका नेताहरुको जोड थियो । आपसी छलफलमा मोहन वैद्य पक्षका नेताहरुले एमाओवादी नेतालाई संविधानसभामा सहभागी नहुने सुझाव दिए पनि एमाओवादी नेताहरुले भने संविधान सभालाई बहिस्कार नगरी त्यसमा सहभागी भएरै वधानिक संघर्ष गर्ने बताउँदै आएका छन् । डा. बाबुराम भट्टराईले शनिबार मतदाताका नाममा जारी गर्नुभएको अपीलमा वैधानिक संघर्षको माध्यमबाट जनताका अधिकार सम्वृद्ध पार्न लागिपर्ने बताउनुभएको थियो । त्यस्तै एमाओवादी नेता वर्षमान पुनले सोमबार मिडियालाई दिएको प्रतिक्रियामा पनि संविधानसभामा सहभागी नहुने भन्ने चर्चा गलत भएको बताउनुभएको छ । अर्का नेता गोपाल किरातीले पनि पार्टीले संविधानसभामा सहभागिता जनाउने सार्वजनिकरुमै बताइसक्नुभएको छ । - प्रचण्डलाई संविधानसभामा नजान वैद्यको सल्लाह दुई माओवादीवीच आकस्मिक वार्ता, संविधानसभाको विकल्पबारे छलफल -

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार