Headlines News :
Home » » समानुपातिक तर्फ कस्को मत कति ?

समानुपातिक तर्फ कस्को मत कति ?



समानुपातिक तर्फ कस्को मत कति ?
काठमाण्डु, १० मंसिर–संविधानसभा चुनावको समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म एमालेले ६ लाख २७ हजार ९६९, नेपाली काँग्रेसले ५ लाख ९७ हजार ७८२, एकीकृत माओवादीले ३ लाख ७६ हजार ४६८ मत प्राप्त गरेका छन् ।




समानुपातिकतर्फको मतगणनामा अहिलेसम्म राप्रपा नेपाल १ लाख ७७ हजार १४४ मतसहित चौथो र ६७ हजार ७८७ ल्याएर राप्रपा पाँचौ स्थानमा छ । यस्तै मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले ३८ हजार २१, संघीय समाजवादी पार्टीले ३४ हजार ९७१, नेकपा मालेले ३२ हजार ७५८, राष्ट्रिय जनमोर्चाले २९ हजार ५१७ नवौं र तराई मधेश लोकतान्त्रिक पार्टीले २६ हजार ६३६ मत पाएका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ देशैभरबाट दलहरुलाई प्राप्त मत प्रतिशत अनुसार उनीहरुले प्राप्त गर्ने सिट संख्या निर्धारण हुनेछ । त्यसपछि दलहरुले यसअघि नै निर्वाचन आयोगमा पेश गरेको बन्द सूचीबाट विजयी उम्मेदवारहरु छान्ने छन् । यसरी विजयी उम्मेदवार छनौट गर्दा दलहरुले समावेशीताको सिद्धान्तलाई अबलम्बन गर्नुपर्नेछ ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार