Headlines News :
Home » » राजेश हमाल अब सैनिक न्यायधिश, उभिए ‘कोर्ट मार्सल’मा

राजेश हमाल अब सैनिक न्यायधिश, उभिए ‘कोर्ट मार्सल’मा



२० बर्ष भन्दा बढि समयदेखि नायक राजेश हमाललाई चलचित्रको पर्दामा हेर्दै आएका नेपाली दर्शकले अब उनलाई प्रत्यक्ष रुपमा पनि देख्न पाएका छन् । हमाल सैनिक न्यायधिश बनेर अभिनय गरिरहेको नाटक ‘कोर्ट मार्सलको मञ्चन सुरु भएको छ । भारतिय प्रसिद्ध लेखक स्वदेश दिपकले लेखेको यो नाटकले सेनाको तल्लो दर्जाको रामबहादुर पात्रले माथिल्लो दर्जाको अफिसरको हत्या र एक
अफिसरलाई घाइते बनाएको आरोपमा कोर्ट मार्सलमा उभिने कथालाई बोलेको छ । शुक्रबार पत्रकारहरुका लागि मञ्चन गरिएको नाटक शनिबारदेखि भने दर्शकलाई लाजिम्पाटको ‘थिएटर भिलेज’मा मञ्चन हुनेछ ।यो नाटक दिपकको सबैभन्दा चर्चित हो । यो नाटक दक्षिण एसियामा मात्रै करिब ४ हजार भन्दा बढि समय मञ्चन गरिएको छ । यो नाटकलाई अनुप बरालले निर्देशन गरेका हुन् । नाटकमा दयाहाङ राई, बीएस राणा, दिया मास्के, कर्मा, सुवास थापा लगायतका कलाकारले अभिनय गरेका छन् । नाटकका लागि हमाल विगत १ महिना देखि तयारीमा व्यस्त थिए । सिनेमामा खासै व्यस्त नभएपछि हमालको मोह नाटकतर्फ गएको हो । नाटकमा लामा लामा संवाद भएकाले पनि हमालले विगत १ महिना देखि स्त्रिmप्ट बोकेर हिडिरहेका थिए । निर्देशक अनुप बरालले हमालको प्रभावशाली बोली र संवाद कण्ठ गर्न शैलीका कारण उनलाई अभिनय गराउन सजिलो भएको बताए । - राजेश हमाल अब सैनिक न्यायधिश, उभिए ‘कोर्ट मार्सल’मा

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार