|
|
|
|
निर्वाचनमा धाँधली भयो : एमाओवादी
काठमाडौं, ८ मंसिर । एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचनमा धाँधली भएको आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको पूर्व पोलिटब्युरो र राज्य संयोजकहरुको बैठकमा बोल्ने अधिकांश नेताहरुले निर्वाचनमा अदृश्यरुपमा धाँधली भएको बताएको बैठकपछि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
बैठकमा राखिएको धारणा उद्धृत गर्दै उहाँले भन्नुभयो, “हामीले धाँधलीको लक्षणहरु थाहा पाएपनि जनताको तागतको सामु उनीहरुको केही लाग्दैन भन्ने ठान्यौँ, त्यहीनेर हाम्रो कमजोरी भयो ।”
आजको बैठकमा नेताहरु लोकेन्द्र विष्ट मगर, नन्दकिशोर पुन, खगराज भट्ट, वर्षमान पुन, प्रभु साह, देवेन्द्र पौडेल, चन्द्रप्रकाश खनाल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, रामचन्द्र झा, विश्वनाथ साहलगायतले बोल्नुभएको थियो ।
बैठक भोलि बिहान ११ बजे पुनः बस्ने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !