Headlines News :
Home » » काठमाडौं ४ मा गगन थापाको अग्रता

काठमाडौं ४ मा गगन थापाको अग्रता



काठमाडौं क्षेत्र नम्बर मा नेपाली काँग्रेसका गगन थापाले चुनावी परिणाममा अग्रता हसिल गरेका छन्। गनिएको कूल १५५० मतमा गगनको पक्षमा ९५०, नेकपा एमालेका निर्मल कुइकेलको पक्षमा २८३ एनेकपा माओवादीका नन्दकिशोर पुनको पक्षमा २०६ मत परेको छ।


काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको मत गणना सुरु भएको छ। 'हाम्रो क्षेत्रमा गणना भर्खरै सुरु भयो,' एकीकृत नेकपा माओवादीबाट क्षेत्र नं की उम्मेदवार रहेकी हिसिला यमीले भनिन्। अन्य सहरी क्षेत्रमा पनि मत गणनाको क्रम सुरु भएको छ। पहाडी क्षेत्रहरुमा भने मध्यान्ह साँझबाट मत गणना सुरु हुने बताइएको छ।

***

मध्य पश्‍चिमका रुकुम, रोल्पा, सल्यान, जाजरकोट, हुम्ला, जुम्ला, कालीकोट, मुगुमा मत पेटिका संकलनको काम जारी रहेको प्रहरीले जनाएको छ। क्षेत्रीय प्रहरी प्रमुख राजेन्द्रसिंह भण्डारीले रुकुम रोल्पा जाजरकोट कर्णालीका पाँचवटा जिल्लामा मत पेटिका ओसार्न हेलिकप्टर प्रयोग हुने बताए। सुर्खेतमा आज दिउँसोसम्म सदरमुकाम वीरेन्द्रनगरमा सबै मतेपेटिका संकलन भएपछि मत गणना गरिने नेपालगञ्जबाट नागरिकन्युजकर्मी रुद्र खड्काले जनाएका छन्।
***

मुलुकभरि मतगणनाको अन्तिम तयारी भइरहेको छ। हिजो अभुतपूर्व रुपमा सफल संविधान सभा निर्वाचनको आज बिहानदेखि मत गणना प्रक्रिया सुरु भएको हो। माधवकुमार नेपाल उम्मेदवार रहेको रौतहट क्षेत्र नं. को मतगणना भर्खरै सुरु भएको नागरिकन्युजकर्मी मदन ठाकुरले जनाएका छन्।

गौर स्थित जुद्ध उच्चमाविमा मतगणना सुरु भएको हो। आफ्नो क्षेत्रको मतगणना सुरु हुँदा एमाले नेता नेपाल रौतहटमै रहेका छन्।
***

काठमाडौंका १० वटै क्षेत्रको मतगणनाका लागि सर्वदलीय बैठक सम्पन्न भएको छ। अबको केहि क्षणपछिनै मत गणना सुरु हुँदैछ।
नागरिकन्युजकर्मी अजित तिवारीका अनुसार पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा सिराहका मतपेटीका सदरमुकाम आइपुगेका छन्। डिआइजी नवराज सिलवालका अनुसार यी जिल्लाहरुमा बिहान १० बजेबाट मत गणना प्रकृया सुरु हुनेछ।

रुपन्देहीबाट नागरिकन्युजकर्मी रेखा भुसालले दिएको जानकारी अनुसार रुपन्देहीमा अहिले बिहान १० बजेपछि मत गणना सुरु हुने भएको छ। मतगणना प्रक्रियाबारे छलफल गर्न अहिले सर्बपक्षिय बैठक बसीरहेको छ। सर्बपक्षिय बैठक लगत्तै आवश्यक प्रक्रिया पुरा गरी १० बजे पछि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत बालचन्द्र शार्माले बताए। जिल्लाका सबै निर्वाचन क्षेत्रबाट हिजो साँझ नै मतपेटीकाहरु सदरमुकाम भैरहवा ल्याइएको थियो। मतगणनाका लागि भैरहवा बहुमुखी क्याम्पस त्यस आसपासका क्षेत्रहरुको सुरक्षा व्यवस्था कडा पारीएको छ।

यस्तै दाङमा पनि मतगणना विहान १० बजेदेखी सुरु हुने नागरिकन्युजकर्मी देवेन्द्र बस्नेतले जानकारी दिएका छन्।सवै मतदान केन्द्रहरुबाट मतपेटीका राती अवेर सम्म सदरमुकाम ल्याईएको विहान १० बजेदेखी मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत बिश्वमंगल आत्रेयले जानकारी दिए। अहिले बिहान सर्वदलीय सर्वपक्षिय वैठक बसेर आचार संहिता तयार पार्ने त्यसपछि मतगणना सुरु गर्ने आत्रेयले जानकारी दिए। जिल्लामा हिजो भएको मतदानमा ७०प्रतिसत मत खसेको छ।

सर्लाहीमा बिहान बजे देखि मतगनना गर्ने तयारी भएको नागरिकन्युजकर्मी सन्तोष सिंहले जनाएका छन्। जिल्लको वटै निर्वाचन क्षेत्रको सय मतदना केन्द्रबाट मतपेटीका बिहान बजे सम्म सदरमुकाम ल्याएर बजे देखि मतगनना गर्ने तयारीभएको प्रमुख जिल्ला अधिकारी दिनेश घिमिरेले बताए।

प्रक्रिया पुरा गरी सर्वपक्षिय बैठक पछि चाडै मतगनना सुरु हुने प्रमुख निर्वाचन अघिकृत कृष्णकमल अधिकारीले बताए। मतगनना स्वास्थ्य कार्यालय, जिल्ला विकास समिति निर्वाचन अधिकृतको कार्यालय(पुरानो अदालत)मा हुने प्रमुख निर्वाचन अधिकृत अधिकारीले बताए


तीन निर्वाचन क्षेत्र रहेको इलाममा ढिलोमा दिउँसो १२ बजेदेखि मतगणना सुरु गहुने नागरिकन्युजकर्मी बेनुपराज भट्टराईले बताएका छन्।

१५ गाविस रहेको क्षेत्र नम्बर का सबै, १६ गाविस रहेका क्षेत्र नम्बर का आमचोकक्षेत्रबाहेकका सबै १७ गाविस नगरपालिका रहेको क्षेत्र नम्बर का सबै मतपेटिका आइसकेकाले गणना छिटो गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिए।


धनगढीबाट नागरिकन्युजकर्मी ऋचा अर्यालले जनाएअनुसार मगणनाको लागि कैलालीमा सर्वबदलीय बैठक बसिरहेको छ। बैठक सकिए लगत्तै गणना सुरु हुनेछ। कैलालीको क्षेत्र नं. बा गणना हुनसक्ने जिल्ला मुख्य निर्वाचन अधिकृत यज्ञराज भट्टले जनाएका छन्।

- काठमाडौं मा गगन थापाको अग्रता

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार