Headlines News :
Home » » आजको मतदानको बिवरण यस्तो छ तथ्यांक सहित ( निर्वाचन खर्च ७ अर्ब ७५ करोड)

आजको मतदानको बिवरण यस्तो छ तथ्यांक सहित ( निर्वाचन खर्च ७ अर्ब ७५ करोड)



काठमाडौं, मंसिर - संविधानसभा सदस्य निर्वाचनका लागि मंगलबार देशभर मतदान हुँदैछ प्रमुख निर्वाच आयुक्त नीलकण्ठ उप्रेतीले स्वतन्त्र, निष्पक्ष चुनावका लागि तयारी पूरा भएको जनाएका छन् उनले ढुक्क भएर मतदान गर्न सम्पूर्ण मतदातालाई आह्वान गरेका छन्

मतदान बिहान देखि साँझ बजेसम्म हुनेछ प्रत्यक्षका लागि हल्का नीलो समानुपातिकका लागि हल्का रातो मतपत्र दुईथरी मतपत्र लिन छाप लगाउन एउटै लाइनबाट पाइन्छ महिला पुरुषका लागि छुट्टाछुट्टै लाइन हुनेछन् आयोगले अशक्त, अपांगता भएका, सुत्केरी ज्येष्ठ नागरिकलाई मतदान केन्द्रसम्म पुग्न सघाउन राजनीतिक दल उम्मेदवारहरूलाई आग्रह गरेको
संविधानसभामा पहिलो हुने निर्वाचित हुने प्रणालीबाट सय ४०, समानुपातिक प्रणालीबाट सय ३५ राजनीतिक सहमतिका आधारमा मन्त्रिपरिषद्बाट मनोनयन हुने २६ जना गरी सय सदस्य हुने संवैधानिक व्यवस्था निर्वाचनमा प्रत्यक्षतर्फ सय २१ दलका हजार सय २८ समानुपातिकतर्फ सय २२ दल दलका १० हजार सय गरी १६ हजार सय ३७ उम्मेदवार प्रतिस्पर्धामा छन्
निर्वाचनका लागि करोड २१ लाख ४७ हजार सय ६५ मतदाता छन् तीमध्ये ६१ लाख ६६ हजार सय २९ महिला, ५९ लाख ८० हजार सय ८१ पुरुष सय ५५ तेस्रो लिंगी छन् १० हजार १३ स्थलमा १८ हजार सय ५६ मतदान केन्द्र तय गरिएको आयोगले जनाएको
प्रमुख आयुक्त उप्रेतीले निर्वाचन स्वतन्त्र, निष्पक्ष शुद्ध हुनेमा सबैलाई विश्वस्त हुन आग्रह गरे 'स्वतन्त्र, निष्पक्ष विश्वसनीय निर्वाचनका लािग आयोगले पूरा गरेको तयारीको परिणाम निस्कने बेला भएको अब निर्वाचन तयारीको कुनै काम बाँकी छैन,' आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'सबै मतदातालाई निर्भय भई स्वतन्त्रतापूर्वक मतदानमा भाग लिन आह्वान गर्छु '
आयोगले निर्वाचन अधिकृतको कार्यालयदेखि मतदान केन्द्रसम्मका गतिविधि केन्द्रबाटै निरन्तर अनुगमन गर्न 'इलेक्ट्रोनिक ट्रयाकिङ सिस्टम' प्रयोगमा ल्याएको मतदान अधिकृतले मतदान केन्द्रको अवस्थाबारे विशेष कोडमार्फत पठाउने सूचना केन्द्रमा 'डिकोडिङ' हुने संयन्त्र जडान भएकाले धाँधलीको सम्भावना नहुने आयोगले बताएको
मतदान केन्द्रमा सबै मतदाताको रंगीन फोटोसहितको पूर्ण विवरण हुनेछ मतदान गर्न फोटोसहितको मतदाता परिचयपत्र चाहिनेछ मतदाता परिचयपत्र नभए नागरिकता वा लाइसेन्स वा पासपोर्ट वा सरकारी निकायले जारी गरेको फोटोसहितको अन्य परिचयपत्र देखाएर पनि मत दिन सकिनेछ
निर्वाचन प्रक्रियामा असहमत पक्षलाई लक्षित गर्दै उनले लोकतन्त्रमा विरोध गर्ने अधिकार सबैलाई भए पनि अवरोध गर्ने अधिकार कसैलाई नभएको बताएका छन् 'मतदान गर्ने मतदाताको सार्वभौम अधिकारलाई चुनौती दिँदै हालै भएका बन्द/हडताल, आगजनी हिंसापूर्ण कार्यको निर्वाचन आयोग घोर निन्दा भत्र्सना गर्दछ,' पत्रकार सम्मेलनमा उनले भने, 'देशको स्थायित्व, शान्ति समृद्धिको मार्गप्रशस्त गर्ने संविधानसभा निर्वाचनमा आम मतदाताको भावनाविपरीत कसैले कुनै पनि कार्य गर्नु हुनेछैन भन्ने आयोगको विश्वास '
सरकारले शान्ति सुरक्षाको भरपर्दो व्यवस्था गरी आम मतदातालाई निर्भयका साथ मतदान गर्ने वातावरण बनाएको उनको विश्वास 'लोकतन्त्रमा मतदानमार्फत जनताले आफ्नो अभिमत व्यक्त गर्न पाउने अधिकारको सबैले सम्मान गर्नैपर्छ,' उनले भने
आयोगले ४८ घन्टे मौन अवधिमा भएका आचारसंहिता उल्लंघनका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको 'जारी मौन अवधि मतदानदेखि परिणाम घोषणासम्मका सबै समयमा आचारसंहिता पालनाका लागि राजनीतिक दल, उम्मेदवार सबै सरोकारवालाहरूलाई पुनः ध्यानाकर्षण गराउन चाहन्छु,' प्रमुख आयुक्तले भने, 'आचारसंहिता उल्लंघनका कुनै पनि घटनालाई आयोगले दृढतापूर्वक कारबाही गर्नेछ '
आयोगले बृहत् अनुगमनका लागि सय ४० वटै निर्वाचन क्षेत्रमा बृहत् सूक्ष्म अनुगमन टोली खटाएको अन्तर्राष्ट्रिय संस्था व्यक्तिहरूबाट निर्वाचन अवलोकन पर्यवेक्षण पनि हुँदैछ अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टर सहितका अन्तर्राष्ट्रिय पर्यवेक्षक अमेरिका, युरोपिन युनियन, चीन, जापान सहितका राजदूतहरूले मतदानको अवलोकन गर्नेछन्
संविधासनभा निर्वाचन २०७० एक झलक
मतदान २०७० मंसिर गते मंगलबार
समय बिहान देखि साँझ सम्म
कुल मतदाता- करोड २१ लाख ४७ हजार सय ६५
महिला- ६१ लाख ६६ हजार सय २९ -५०.७६ प्रतिशत)
पुरुष- ५९ लाख ८० हजार सय ८१ -४९.३३ प्रतिशत)
तेस्रो लिंगी- सय ५५
कुल उम्मेदवार संख्या- १६ हजार सय ३६
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ- हजार सय २७ /सिट संख्या- २४०
महिला उम्मेदवार- सय ६७ -१०.८९ प्रतिशत)
समानुपातिक निर्वाचन प्रणालीतर्फ- १० हजार सय /सिट संख्या- ३३५
महिला उम्मेदवार- हजार सय ९१ -४९.४१ प्रतिशत)
मतदान स्थल- १० हजार १३
मतदान केन्द्र- १८ हजार सय ५६
अस्थायी मतदान केन्द्र- ३३६
परिचालन हुने कर्मचारी- करिब लाख २५ हजार सय ५८
स्वयंसेवक- ८८ हजार सय ४४
परिचालन हुने सुरक्षाकर्मी- करिब लाख १० हजार -म्यादी प्रहरीसमेत)
राष्ट्रिय पर्यवेक्षक- २२ हजार सय २४ -जिल्लाबाट परिचयपत्र लिएकाबाहेक)
अन्तर्राष्ट्रिय पर्यवेक्षक- २३५
निर्वाचन खर्च अर्ब ७५ कर


 
 

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार