Headlines News :
Home » » मागीबिवाह गर्ने जोडीको विवाहको पहिलो रातको (कहानी)

मागीबिवाह गर्ने जोडीको विवाहको पहिलो रातको (कहानी)



दुलहीको मुटुमा ढुकढुकी बढीरहेको थियो । दुलहा कोठामा पस्यो । ढोका बन्द गर्‍यो । चुक्कुल लगायो ।

दुलहीको मन ढक्क फुल्यो । दुलहाले झ्याल बन्द गर्‍यो । बत्ती पनि निभायो ।

 

दुलहा खाटमा आयो । दुलहीतिर नजिकिदै मुन्टो तानेर बिस्तारै भन्यो : 'एउटा कुरा देखाउँ ?'

दुलही मुस्कुराउँदै मुन्टो हल्लाएर हुन्छ भनिन् । दुलहाले सिरक खोल्यो र दुवैलाई गर्लम्म छोप्यो ।

 

दुलहा दुलहीसँग टाँसियो । कानेखुशी गर्दै खुसुक्क भन्यो : 'हेर त, ससुराले दिनुभएको बत्ती बल्ने घडी !'

दुलहीले भनिन् : 'छ्या ! कस्तो केटाकेटीजस्तो कुरा गर्नुभा'को !'

दुलाहा : 'किन र ?'

दुलहीले थपिन् : 'मैले त अरु नै केही कुरा देखाउनु हुन्छ होला भन्ने सोचेकी !'
 

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार