Headlines News :
Home » » जनतालाई घुर्की लगाएर ( खगेन्द्र संग्रौला) भन्छन्- प्रचण्डले हारे संविधान बन्दैन

जनतालाई घुर्की लगाएर ( खगेन्द्र संग्रौला) भन्छन्- प्रचण्डले हारे संविधान बन्दैन



१७ कात्तिक, काठमाडौं राजनीतिक दल तिनका उम्मेदवारहरुलाई मात्र होइन, वाम वुद्धिजीवी खगेन्द्र संग्रौलालाई पनि चुनाव लागेको गगन थापाको घरदैलोमा सहभागी भएका संग्रौला त्यसपछि विभिन्न उम्मेदवारलाई भोट माग्दै हिँडेको देख्न थालिएको ।आइतबार संग्रौला काठमाडौं १० मा एमाओवादी
अध्यक्ष प्रचण्डको घरदैलो कार्यक्रममा सहभागी हुनुभयो यसअघि काठमाडौं मा एमाओवादी उम्मेदवार नन्दकिशोर पुन पासाङ रुपन्देही मा माओवादीका डा. बाबुराम भट्टराईको घरदैलोमा सहभागी हुनुभयो अनलाइनखबरसँग कुरा गर्दै संग्रौलाले अब काठमाडौं मा कांग्रेस उम्मेदवार नरहरि आचार्यको चुनावी सभालाई पनि सम्बोधन गर्ने योजना बनाएको बताउनुभएको काठमाडौं मा घर भएका संग्रौला आफू धर्मसंकटमा परेको बताउनुहुन्छ काठमाडौं मा धर्मसंकट परेको एकातिर गगन थापा छन्, ०६२/०६३ को जनआन्दोलनमा सडकमा संगै हिड्यौं हामी आन्दोलनमा रात ताप ल्याउन गगनको अहम् भूमिका छ’ संग्रौलाले अनलाइनखबरसँग भन्नुभयो-’अर्कातिर जनयुद्धका नायक पासाङ छन् दुईमध्ये एकको पक्षमा बोल्न सक्दिँन ।’ गगनले आफ्नो घरमा आएर आर्शिवाद मागेपछि घरदैलामा झण्डै एक घण्टा हिँडेको भन्दै उहाँले भन्नुभयो-’घरमा आएपछि जोगीलाई केही दिएर पठाइन्छ भने गगन मेरो पि्रय पात्र हुन् संविधानसभामा जानु पर्ने युवा हुन् ।’ कांग्रेस दक्षिणपन्थी पार्टी भए पनि गगन कांग्रेसका वाम युवा भएको उहाँको ठम्याइ कांग्रेस नै भए पनि सुशील गगन तथा खुमबहादुर गगनमा फरक रहेको उहाँले बताउनुभभयो गगनले संग्रौलाको आर्शिवाद लिएपछि माओवादी उम्मेदवार पासाङ पनि उहाँको घरमा पुग्नुभयो पासाङले फोन गरेर मलाई पनि आर्शिवाद चाहियो दाइ भने, उनको घरदैलोमा पनि सहभागी भएँ’-उहाँले भन्नुभयो आफू गगनको घरदैलोमा सहभागी भएको विषयलाई अनावश्यक उचालिएको भन्दै वाम वुद्धिजीवी संग्रौलाले भन्नुभयो- ‘कांग्रेसका साथीहरु अनावश्यक फुर्किएका छन् भने एमाओवादीका साथीहरु आनावश्यक रुपमा दुःखी हुनुभएको नाथे बुढो एकछिन हिँड्दैमा कसले भोट देला ?’ वुद्धिजीवी संग्रौलाले प्रचण्डको घरदैलोमा भने आफू आफ्नै निम्तोमा गएको सुनाउनुभयो प्रचण्ड काठमाडौं १० सिरहा बाट हार्दैछन् भनेर गोयबल शैलीमा प्रचार गरिँदैछ, यसले मलाई मुड अफ बनायो कसैले बोलाएर हैन, आफ्नै निम्तोमा गएको हुँ ।’ उहाँले प्रचण्डको निर्वाचन क्षेत्रमा प्रचारमा जानुको तात्पर्य स्पष्ट पार्नुभयो १२ बुँदे सम्झौतादेखि अहिलेसम्मको प्रक्रियामा आउँदा कांग्रेस माओवादी कर्ता भएको भन्दै संग्रौलाले प्रचण्ड हारे संविधान नै नबन्ने दाबी गर्नुभयो यो प्रक्रियाको नायक गिरिजाप्रसाद प्रचण्ड थिए गिरिजाप्रसादको निधनपछि प्रचण्डविना यो प्रक्रिया कुनै हालतमा अघि बढ्न सक्दैन संविधान पनि बन्दैन’ उहाँले भन्नुभयो एजेण्डाका आधारमा आफू एमाओवादीसँग निकट भएको भन्दै संग्रौलाले भन्नुभयो- ‘तर एमाओवादीको कार्यकर्ता होइन उनीहरुको निर्देशन पनि मान्दिँन ।’ एमालेले चाहिँ निम्तो गरेन ? अनलाइनखबरको प्रश्नमा संग्रौलाले हाँस्दै भन्नुभयो- ‘मलाई अहिलेसम्म त्यो सौभाग्य प्राप्त भएको छैन हुनेछैन पनि ।’ तर, महिने शासनकालमा आफूले एमालेलाई सघाएको स्मरण गर्दै संग्रौलाले भन्नुभयो- ‘राजाको नोकर लोकेन्द्रबहादुर चन्दलाई बोकेपछि एमालेप्रति मेरो मोह भंग भयो ।’ एमाले नाममा बाहेक कहिँ कतै एमाले नभएको भन्दै उहाँले भन्नुभयो-’टाउकोमा सिद्धान्त , पैतालामा मजदुर एमालेमा केही पनि देख्दिँन ।’ महाकाली बच्ने औंठा छाप लगाएको, विपक्षमा रहँदा माओवादीविरुद्ध सेना परिचालन रोक्न नसकेको तथा शाही शासनविरुद्ध आफूहरु सडक हुँदा सरकारमा पसेकाले आफूले एमालेलाई निकै कठोर शब्दमा आलोचना गर्ने गरेकाले पनि चुनावी प्रचारमा निम्तो नताउने संग्रौलाको भनाइ -

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार