|
|
|
|
१० मंसिर, काठमाडौं । असोज महिनामा ८ दशमलव ४ प्रतिशतले मूल्य वृद्धि भएको छ । अघिल्लो वर्षको सोही महिनामा मूल्यवृद्धि दर १० दशमलव ५ प्रतिशत रहेको थियो । राष्ट्र बैंकले सोमबार साउनदेखि असोज महिनासम्मको आर्थिक स्थिती सार्वजनिक गर्दै समिक्षा अवधिमा माछा तथा मासुको मूल्य वृद्धि सबैभन्दा बढी १८ दशमलव ५ प्रतिशत रहेको बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा माछा मासुको मूल्य वृद्धि १३.३ प्रतिशतले भएको थियो । समिक्षा अवधिमा तरकारीको मूल्य वृद्धि १४ प्रतिशत रहेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा
तरकारीको मूल्य वृद्धि दर जम्मा ५.८ प्रतिशत रहेको थियो । रेष्टुरेण्ट तथा होटलमा ११.९ प्रतिशतले मूल्य वृद्धि भएको छ । यस अवधिमा खाद्य तथा खाद्यजन्य वस्तुको ११ दशमलव ५ प्रतिशत र सूर्तिजन्य पदार्थको ९ दशमलव ९ प्रतिशत मूल्य वृद्धि भएको छ । त्यस्तै, लत्ता कपडा तथा जुत्ता-चप्पलको ११ दशमलव ७ प्रतिशतले मूल्य वृद्धि भएको छ भने फर्निसिङ तथा घरायसी उपकरणको ९ दशमलव ५ प्रतिशतले मूल्य वृद्धि भएको छ । - माछा-मासुको मूल्य वृद्धि १८.५ प्रतिशत


0 comments:
Speak up your mind
Tell us what you're thinking... !