Headlines News :
Home » » पहिलेका प्रेमिका यादमा डुब्दै सलमानले भने, ‘चुर्लुम्ब प्रेममा डुब्न चाहन्छु’

पहिलेका प्रेमिका यादमा डुब्दै सलमानले भने, ‘चुर्लुम्ब प्रेममा डुब्न चाहन्छु’



भारतकै सबैभन्दा चर्चित अबिबाहित पुरुष समेत रहेका बलिउड नायक सलमान खानले आफू गम्भीर सम्बन्धको खोजीमा रहेको बताएका छन् । करण जोहरको टक शो ‘कफी विथ करण’मा उनले आफ्नो प्रेम सम्बन्ध र चाहनाको बारेमा राज खोलेका हुन् ।उनले आफ्नो जीवनमा जोडिन आएका यूवतीहरुसँग सम्बन्ध


नजोडिनुको पछाडी भाग्यले साथ नदिएको बताएका छन् । सलमानले भने, ‘म विगतलाई संझन चाहन्न, तर मलाई थाहा छ कुनै यूवतीसँग पनि मेरो सम्बन्ध लामो समयसम्म जोडिएन ।’ कुनै पनि कुराले विगतमा आफूलाई साथ नदिएको तर्क सलमानको छ । सलमानले आफ्ना पूर्व प्रमिकाहरुलाई भेट्न नचाहेको बताएका छन् । उनले पूर्व प्रेमिकाहरुसँग आफू भागेको भन्ने कुरालाई पनि नकारेका छन् । सलमानले अब आफ्नो जीवनमा आउने यूवती जीवनसाथी नै बनेर आओस् भन्ने चाहेका छन् । ह्यान्डसम नायक खानको जीवनमा कटि्रना कैफ, ऐश्वर्या राय, संगीता विज्लानी, सोमी अली लगायतका सुन्दरीहरु आइसकेका छन् । तर कुनै पनि यूवतीसँग सलमानको घरजम हुन सकेन । यसैले पनि ४८ बर्षमा पाइला टेक्दै गर्दा सलमान जीवनभर रहने सम्बन्धको खोजीमा रहेका छन् । पहिलेका प्रेमिका संझदै सलमानले भने, ‘चुर्लुम्ब प्रेममा डुब्न चाहन्छु’

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार