|
|
|
|
काठमाडौं, मंसिर २ - नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाज (नेसोग) ले गर्भवती महिलालाई कुनै किसिमको दबाब दिएर इच्छाविपरीत गर्भपतनको प्रयास गर्नु र भ्रूणको लिंग पहिचान गरी गर्भपतन गराउनु कानुनी अपराध रहेको जनाएको छ ।
नेसोगले आफ्नो २४ औं वाषिर्कोत्सवका अवसरमा लिंग पहिचान गरी गर्भपतन गर्ने/गराउनेबारे धारणा सार्वजनिक गरेको हो । नेसोगमा ३ सय प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सदस्य छन् । नेसोगले जारी गरेको पम्प्लेटमा कानुनभन्दा बाहिर गएर गर्भपतन सेवा लिने र प्रदान गर्ने व्यक्ति वा संस्था सजायको भागीदार हुनुपर्ने उल्लेख छ । नेसोगका अध्यक्ष पुष्पा चौधरीले पम्प्लेट सबै प्रसूति तथा स्त्रीरोग विशेषज्ञले सेवा दिने क्लिनिकमा राखिने बताइन् ।
कानुनको परिधिभित्र रहेर मान्यताप्राप्त संस्था वा स्वास्थ्यकर्मीबाट सुरक्षित गर्भपतन सेवा लिन पाउनु नेपाली महिलाको अधिकार रहेको समेत नेसोगले जनाएको छ । कानुनअनुसार गर्भवती महिलाको मञ्जुरीमा १२ सातासम्मको गर्भपतन गराउन सकिन्छ । बलात्कार वा हाडनाता करणीबाट बसेको १८ सातासम्मको गर्भलाई पनि महिलाले पतन गराउन सक्छन् । चौधरीका अनुसार गर्भपतन नगराए महिलाको ज्यान खतरामा पर्ने भएमा, गर्भवती भएकै कारण शारीरिक वा मानसिक स्वास्थ्यमा असर पर्ने भएमा र गर्भमा भ्रूण विकलांग भएमा महिलाले चिकित्सकको रायमा कुनै पनि बेला गर्भपतन गराउन सक्छन् ।
नेसोगले सन् २०१४ मा आपmनो २५ औं वाषिर्कोत्सवका अवसरमा 'हरेक छोरी शिशु महत्त्व राख्छ' भन्ने नारासहित छोरी भ्रूण हत्याविरुद्घ जनचेतनामूलक कार्यक्रम गर्ने घोषणा पनि गरेको छ ।
लिंग परीक्षणपछि गर्भपतन अपराध


0 comments:
Speak up your mind
Tell us what you're thinking... !