|
|
|
|
२९ कात्तिक, काठमाडौं । बन्द र हड्ताल तत्काल फिर्ता लिन आदेश सुनाएको सर्वोच्च अदालतले नेकपा- माओवादीलाई शुक्रबार पत्र बुझाउने असफल प्रयास गरेको छ । माओवादी प्रवक्ता पम्फा भुसालले अदालतको पत्र बुझ्न अस्वीकार गर्दै फिर्ता पठाइदिनुभएको छ । सर्वोच्च अदालतका कर्मचारी पत्र लिएर शुक्रबार बेलुका ४ बजेपछि बुद्धनगरस्थित वैद्य माओवादीको कार्यालयमा पुगेका थिए । तर, माओवादी प्रवक्ता भुसालले कार्यालय समय सकिएकाले आइतबार आउनू भन्दै पत्र नबुझी अदालतका कर्मचारीलाई फिर्ता पठाइदिनुभएको हो । अदालतले बन्द र हड्ताल फिर्ता गर्न वैद्य माओवादीका नाममा विहीबार आदेश जारी गरेको थियोे । वैद्य माओवादीले बन्द आयोजना गरेकै दिन कात्तिक २५ गते डेमोक्रेटिक लयर्स एशोसिएसनले बन्दलाई रोकी पाउन आग्रहसहित सर्वोच्चमा रिट दायर गरेको थियो । सर्वोच्च अदालतका न्यायधीश रामकुमार प्रसाद साहको एकल इजलासले वैद्य माओवादीविरुद्ध आदेश सुनाएको हो -


0 comments:
Speak up your mind
Tell us what you're thinking... !