|
|
|
|
अमेरिकाको क्यालिफोर्नियाको सन लियेनड्रो शहरमा नेपालीहरुको सामुहिक लगानीमा नेपाली रेष्टुरेन्ट सञ्चालनमा आएको छ। रेष्टुरेन्टको उद्घाटन उद्योग वाणिज्य सघका अध्यक्ष डेबिड पी जोहन्सन र प्रमुख अतिथि नगर प्रमुख स्टेफेन एच क्यासिड़ीले सामुहिक रुपमा पानसमा दियो बालेर गरे। रेष्टुरेन्टको नाम क्रिएसिएन -टेस्ट अफ हिमालय राखिएको छ। नेपाल हिमालै हिमालको देश भनि बिश्वमा नेपाल चिनिने भएकोले क्रिएसिएन-टेस्ट अफ हिमालय नाम जुराएको सञ्चालक ध्रुव थापाले बताए l क्रिएसिएनको अर्थ क्रिएटिव एसियन अर्थात् (श्रीजनशिल एसिएन)हो भनि अर्थ्याउँदै सन लियेनड्रो सहरमा नेपालीहरुले पहिलो रेष्टुरेन्ट खोल्ने अवसर पाउनु आफैँमा महत्वपूर्ण भएको बताएl सन लियेनड्रो शहरका नगर प्रमुख तथा उद्योग बाणिज्य संघका अध्यक्ष द्वारा शुभकामना मन्तब्य दिँदै शहरमा पहिलो नेपाली रेस्टुरेन्ट स्थापना हुन् पुगेकोमा हार्दिक स्वागत गर्दै र भविष्यमा सधैँ हातेमालो गरेर जाने बचनबद्धता व्यक्त गरे।यो शहरको लागि अन्य साथी भाईहरुसँग मिलेर साझेदारीमा खोलिएको हो भन्दै यस्मा ५ जना सञ्चालकहरु रहेको बुझिएको छ।संचालक ध्रुव थापाको नेपाली कुक बुक (खाना बनाउने किताब) समेत चाँडै प्रकाशनमा ल्याउने बताए। लामो समयसम्मको रेष्टुरेन्ट सञ्चालको अनुभवलाई समेटेर पुस्तकको तयारी भइरहेको उनले जानकारी दिए।कार्यक्रममा नेपाल पर्यटन बोर्डका क्यालिफोर्निया क्षेत्रका लागि जन सम्पर्क प्रतिनिधि अनिल पाण्डेको पनि सहभागिता थियो। -


0 comments:
Speak up your mind
Tell us what you're thinking... !