Headlines News :
Home » » आचारसंहिता विरुद्ध उत्रिएका पासाङलाई प्रहरीले रोक्यो, पैसा बाड्न पाएनन (फोटो फिजर सहित)

आचारसंहिता विरुद्ध उत्रिएका पासाङलाई प्रहरीले रोक्यो, पैसा बाड्न पाएनन (फोटो फिजर सहित)



काठमाडौ मंसिर। काठमाडौं क्षेत्र नम्वर चारमा एमाओवादीका उमेद्वार नन्दबहादुर पुन पासाङ निर्वाचन आचारसंहिता विरुद्ध गएर मौन समयमा पनि प्रचारप्रसारमा उत्रेका छन्। क्षेत्र नम्वर चारको कपन गाविसको वडा नम्बर एक जोरधारामा पासाङले निर्वाचन आचारसंहिता विरुद्ध गएर भोज आयोजना गर्दै गर्दा पासाङलाई स्थानिय प्रहरीले रोकेको छ।





 




 




 





स्थानिय राजनीतिक दलका तर्फबाट निर्वाचन आयोगलाई उजुरी गरेपछि निर्वाचन आयोगको निर्देशनमा प्रहरिले पासाङको कार्यक्रम बिचैमा रोकेको हो। पासाङले स्थानिय महिलाहरुलाई जम्मा गराएर प्रलोभन दिएको स्थानिय निरज खड्काले जानकारी दिनुभएको थियो। स्थानियका अनुसार मानिसहरु जम्मा गराएर पैसा समेत बाड्ने योजना रहेको थियो।

निर्वाचन आचारसंहिता विरुद्ध गएर कार्यक्रम गर्न थालेपछि अन्य राजनीतिक दलका स्थानिय कार्यकर्ताहरु आक्रोशित भएका छन्। उनीहरुले आचारसंहिता विरुद्ध गएर प्रचारवाजी गर्ने पासाङको उमेद्वारी रद्ध गर्न एमाले काँग्रेस कार्यकर्ताहरुको माग गरेका छन्। आयोगले कार्वाही नगरे आफूहरु त्यसको विरोधमा कडा कार्यक्रम लिएर जाने पनि उनीहरुको भनाइ छ।
गएराती पनि निर्वाचन आचारसंहिता विरुद्ध गएर पासाङले क्षेत्रका सबै सार्वजनिक व्यक्तिका घरमा समेत आफ्नो पोष्टर टाँस्न लगाउनुभएको थियो।
आचारसंहिता विरुद्ध उत्रिएका पासाङलाई प्रहरीले रोक्यो, पैसा बाड्न पाएनन (फोटो
सहित )




Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार