Headlines News :
Home » » तिहारमा मिठाई किन्दै हुन्नु हुन्छ? सावधान! हुन्नुहोस् लडूमा किरा (भिडियो सहित)

तिहारमा मिठाई किन्दै हुन्नु हुन्छ? सावधान! हुन्नुहोस् लडूमा किरा (भिडियो सहित)



3 4 5 (0 votes) काठमाडौं— काठमाडौं उपत्यकाका तीन जिल्लाका अधिकांश पसलमा गुणस्तरहीन अखाद्य मिठाइ फेला परेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यसै महिना अनुगमन गर्दा तीन जिल्लाका २८ पसलमा खान अयोग्य मिठाइ बिक्रीका लागि
राखेको फेला पारेको छ। विगतमा जस्तै यसपालि पनि चाडबाडको अवसर पारेर गुणस्तरहीन मिठाइ बिक्री गर्ने आशंकामा विभागले विशेष कार्यदल बनाई ५० वटा मिठाइ पसलको अनुगमन गरेको हो। विभागका प्रवक्ता प्रमोद कोइरालाका अनुसार काठमाडौंका ११ ललितपुरका १० भक्तपुरका वटा मिठाइ पसलमा गुणस्तहीन मिठाइ फेला परेको हो कार्यदलले गुणस्तरहीन सबै सामान जफत गरी नष्ट गरेको सम्बन्धित पसलेलाई कारबाही गरेको जनाएको ।कोइरालाका अनुसार अनुगमनका क्रममा अधिकांश पसलका मिठाइमा कीरा परेका, कुहिएका, ढुसी परेका, खुवामा पिठो रङ मिसाइएको फेला परेको यस्तै उपभोग्य मिति गुज्रिसकेको सामान प्रयोग गरेको, झिंगा भन्केको किचन असाध्यै फोहोर राखेको देखिएको थियो कोइरालाका अनुसार बल्खु चोकको बल्खु स्विट्सले बिक्री गर्न राखेको रसवरीमा कीरा फेला परेको थियो अधिकांश पसलमा राखेका मिठाइमा ढुसी परेको पाइएको थियो यस्तै लेबल नखुलाएका पेय पदार्थ पनि बिक्रीमा राखिएको थियो विभागले सय केजी, विभिन्न मिठाइ तथा खुवा सय ४३ लिटर पेय पदार्थ नष्ट गरेको कोइरालाले बताए कतिपय होटललाई सिलबन्दी गरी सुधार गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको उनले बताए राम्रो रंगीचंगी मिठाइ देख्नेबित्तिकै आकर्षित भइहाल्ने उपभोक्ताको बानीले पनि व्यवसायीलाई ठग्न सजिलो बनाइदिएको तिहारमा मिठाइ किन्ने बेला गुणस्तर नहेरी किन्ने उपभोक्ताको पनि कमजोरी रहेको कोइरालाले बताए ।विभागले पोहोर तिहारअघि काठमाडौंका नाम चलेका महँगा मिठाइ पसलमा पनि अनुगमन गरेको थियो त्यसबेला अधिकांश पसलेको मिठाइ बनाउने स्थान फोहोर थियो कतिपयले पसलेले शुद्ध घीउ प्रयोग गरेको भन्दै उपभोक्तालाई महँगो दरमा मिठाइ बेच्ने गरे पनि वनस्पति घीउ मिसावट गरेको पाइएको थियो विभागले यो वर्ष अझै यस्ता महँगा नाम चलेका मिठाइ पसलको अनुगमन गरेको छैन ।विभागले गएको असोजमा पनि अनुगमनलाई निरन्तरता दिएको थियो त्यस क्रममा विभागको टोलीले नेपाल खाद्य संस्थानको चामल पनि गुणस्तरहीन फेला पारेको थियो प्रवक्ता कोइरालाका अनुसार संस्थानको नख्खु खाद्य भण्डारमा पाइएको चामललाई टोलीले नष्ट गरेको थियो यस्तै टेकूमा रहेको सस उद्योग रोसी प्रोडक्टसले गुणस्तरहीन सस उत्पादन गरेको फेला परेपछि त्यसलाई सिलबन्दी गरिएको थियो थापाथलीमा रहेको मोहन भण्डारले गुणस्तरहीन मिठाइ बिक्री बितरण गरेको देखिएपछि उक्त उद्योगलाई पनि सिलबन्दी गरिएको कोइरालाले जानकारी दिए त्रिपुरेश्वरस्थित सजनगोठको मिठाइमा भेटिएको कीरा (भिडियो)

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार