Headlines News :
Home » » प्रचण्ड लक्षित गरी प्रेसर कुकरमा बालुवा

प्रचण्ड लक्षित गरी प्रेसर कुकरमा बालुवा



बेलबारी आसपास राखिएका ती शंकास्पद वस्तु सेना प्रहरीले एकाबिहानै हटाएको बेलबारीमा प्रचण्ड आउने कार्यक्रमलाई लक्षित गरी वैद्य समूहका कार्यकर्ताले त्यसरी शंकास्पद वस्तु राखेको हुनसक्ने अनुमान गरिएको अज्ञात समूहले मोरङको किस्तीपुलदेखि पश्चिम, वेतना सिमसारक्षेत्रभन्दा दक्षिण जिरीखिम्ती खोलाको पुलसमेत गरी तीन ठाउँमा प्रचण्डको कार्यक्रमलाई लक्षित गरी शंकास्पद वस्तुहरु राखेको थियो ती स्थानहरुमा कुकरमा तार जोडेर भित्र बारुदको साटो
बालुवा भरेर राखिएको थियो यहाँ बम छ’ भनेर लेखिएको शंकास्पद वस्तुले एकाविहानै सेना तथा प्रहरीलाई हैरानी पारेको थियो स्थानीवासीले खबर गरेपछि पूर्वी पृतना इटहरीको बम डिस्पोजल टोलीले उक्त वस्तु हटाएको बम राखिएको हल्लासँगै सेनाको प्राविधिक टोली सक्रिय भएपछि केहिबेर पूर्वपश्चिम राजमार्गमा सवारी आगमन अवरुद्ध भएको थियो शंकास्पद वस्तु नहटाउँदासम्म सर्वसाधारणलाई त्यस क्षेत्रमा हिँडडुल गर्न रोक लगाइएको थियो मेची-महाकाली अभियानअन्तरगत प्रचण्डले दिउँसो बजे मोरङको बेलबारीमा सम्बोधन गर्ने कार्यक्रम प्रचण्ड, बाबुराम भट्टराई नारायणकाजी श्रेष्ठसमेत सहभागी हुनुभएको टोलीले बुधबार विहानै काँकडभिट्टाबाट अभियानको उद्घाटन गरेको काँकडभिट्टापछि बुधबार दिनभरि झापाको बिर्तामोड, दमक मोरङका उर्लाबारी, पथरी, बेलबारी, बिराटचौक, इटहरी बिराटनगरमा एमाओवादीका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम बिहीबार सुनसरीको लौकहीबाट सप्तरीसम्म राजमार्ग क्षेत्रमा यसैगरी शीर्ष नेताहरु भाषण गर्दै पश्चिमतर्फ अघि बढ्नेछन् -

 


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार