|
|
|
|
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले निर्वाचन परिणाम जे आए पनि मुलुकलाई निकास दिनका लागि सबैले राजनीतिक सहमतिमै अघि बढ्नुपर्ने बताउनुभएको छ । अघिल्लो चुनावमा अल्पमतमा बस्नुपर्दा कांग्रेसलाई यस्तै पीडा भएको भन्दै सभापति कोइरालाले प्रचण्डजस्तो नेताले संविधानसभा बहिस्कार गर्छु भन्दा दुःख लागेको बताउनुभयो ।
बिहीबार बिहान नेपालगन्ज-१३ सुर्खेत रोडमा रहेको कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति कोइरालाले भन्नुभयो- 'निर्वाचन परिणाम जे जस्तो आए पनि त्यसलाई स्वीकार्दै अघि बढ्नुको विकल्प छैन ।'
निर्वाचनको प्रारम्भिक परिणाम एमाओवादीको विपक्षमा आउन थालेलगत्तै मतगणनास्थलबाटै धाँधलीको आरोप लगाउँदै एमाओवादीका प्रतिनिधिहरु मतगणना केन्द्रबाट बाहिरिएपछि नेपाली काँग्रेस सभापति कोइरालाले सहकार्यमै अघि बढ्न र अन्तिम परिणामका लागि धैर्य भएर पर्खनसमेत आग्रह गर्नुभएको छ ।
सभापति उहाँले भन्नुभयो- 'हामी ठूलो परिवर्तनको संघारमा उभिएका बेला एमाओवादीजस्तो पार्टी र प्रचण्डजीजस्तो नेताले बहिष्कार गर्छु भन्ने घटनाले मलाई दुःखित बनाएको छ । हिजो हामी पनि अल्पमतमा बसेका थियौं, अब उहाँहरुले पनि यो अवलम्बन गर्नुपर्छ ।'
कोइरालाले लोकतान्त्रिक मूल्य र मान्यताको आधारविन्दु नै निर्वाचन भएकाले निर्वाचनको परिणामलाई स्वीकार्दै लोकतान्त्रिक संस्कारको सम्मान गर्न एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो- 'अहिलेको अवस्थामा एमाओवादीको भनाइ र व्यवहारले पनि उसमा प्रजातान्त्रिक भावनाको कमी रहेको देखियो, लोकतान्त्रिक संस्कार अवलम्बन गर्दै जाँदा यस्ता कमजोरी हटाउँदै जानसक्नुपर्छ ।'
अहिलेको अवस्थामा शान्तिपूर्ण सम्पन्न भएर परिणाम आउन लागेको अवस्थामा निर्वाचनको परिणामलाई बहिष्कार गर्छु भन्नु मूर्खता भएको तर्क राख्दै उहाँले भन्नुभयो- 'संयमता अपनाउनु नै उत्तम हुनेछ । हामीलाई पनि अघिल्लो चुनावको परिणामले यस्तै बनाएको थियो । तर, हामीले परिणाम स्वीकार्दै अघि बढ्यौं । प्रचण्डजीले पनि सो गर्नु हुनेछ म विश्वस्थ छु ।'
कांग्रेस सभापति कोइरालाले अन्तराष्ट्रिय समुदायले पनि हेरिरहेकै अवस्थामा एमाओवादीलाई जिम्मेवार बन्न आग्रह गर्दै नेपाली जनताको भावनाको कदर गर्न अपिल गर्नुभयो । -प्रचण्डलाई संयमित रहन सुशीलको सुझाव


0 comments:
Speak up your mind
Tell us what you're thinking... !