Headlines News :
Home » » विश्वस्तरीय क्यान्सर उपचार नेपालमा

विश्वस्तरीय क्यान्सर उपचार नेपालमा



काठमाण्डु, १० मंसिर– विश्वस्तरीय क्यान्सर उपचार सेवा अब नेपालमा नै उपलब्ध हुने भएको छ । भारतको बिएलके र ललितपुरस्थित बि एन्ड बी अस्पतालले संयुक्तरुपमा त्यस्तो सेवा उपलब्ध गराउने घोषणा गरेका छन् । बिएलके अस्पतालका प्रमुख कार्यकारी अधिकृत अभय सेइ र बि एन्ड बी



 अस्पतालका डा जगदीशलाल वैद्यले यही मङ्सिर ३० गतेदेखि नेपालमा क्यान्सर उपचार केन्द्र सञ्चालन हुने जानकारी दिए । बिएन्डबी– बिएलके क्यान्सर केन्द्रले बिरामीलाई औषधि एवम् शल्यचिकित्सा सेवा प्रदान गर्नुका साथै बहिरङ्ग सरसल्लाह, किमो उपचार, उपचारसम्बन्धी योजना र शल्य प्रक्रियासँग सम्बन्धित विषयमा पनि परामर्श दिनेछ । बि एन्ड बी– बिएलके क्यान्सर केन्द्र ललितपुरमा उपलब्ध हुने सेवाबाट रोगीहरु उपचारार्थ विदेशिनु नपर्ने र यात्रालगायत आधा खर्च बचत हुने डा वैद्यले पत्रकार सम्मेलनमा बताए । - विश्वस्तरीय क्यान्सर उपचार नेपालमा

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार