Headlines News :
Home » » संयुक्त सरकार बन्ने कोइराला

संयुक्त सरकार बन्ने कोइराला



संयुक्त सरकार बन्ने : कोइराला चितवन, ९ मंसिर । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले अब सबै राजनीतिक दलको सहमतिमा संयुक्त सरकार बन्ने बताउनुभएको छ । प्रेस युनियन चितवन शाखाले आइतबार नारायणढमा

आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति कोइरालाले ठूलो दल र बढी मत ल्याउँदैमा कसैले घमन्ड गर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, अब बढी मत आयो भन्दैमा घमन्ड गर्ने ठाउँ छैन, सबै नमिले संविधान बन्दैन ।
प्रचण्ड, मोहन वैद्य जिम्मेवार नेता भएको भन्दै सभापति कोइराले उहाँहरू सबैको सहमतिमा संयुक्त सरकार बनाएर एक वर्षभित्रमा जनतालाई संविधान दिनुपर्ने बताउनुभयो । एक प्रश्नको जवाफमा सभापति कोइरालाले एकीकृत नेकपा माओवादी संविधानसभामा आउँदैन भन्ने प्रश्नसमेत नसोध्न आग्रह गर्दै यस्ता कुरा आफूले कल्पनासम्म पनि नगरेको बताउनुभयो ।
उहाँहरूकै मागमा संविधानसभाको निर्वाचन भयो, अब संविधान बनाउने बेला के उहाँ जङ्गल जान सुहाउँछ सभापति कोइरालाको प्रश्न थियो । नकारात्मक सन्देश जानेतर्फ नभई सकारात्मक ढङ्गले मिलेर संविधान बनाउन सहयोग पुग्ने गरी कलम चलाउन पत्रकारहरूलाई उहाँको सुझाव थियो ।
राष्ट्र कम्जोर अवस्थामा पुगेको भन्दै अब पनि सबै दल जिम्मेवार बन्न नसके देश दुर्घटनातर्फ जानेमा सभापति कोइरालाले चिन्ता व्यक्त गर्नुभयो ।
यसअघि पत्रकारहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले अबको प्रधानमन्त्री पार्टी सभापति सुशील कोइराला हुने बताउनुभयो । काँग्रेसलाई ठूलो दल बनाउनमा सभापतिको ठूलो देन रहेकोले उहाँको विकल्प अरू हुन नसक्ने उहाँको भनाइ थियो ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार