|
|
|
|
२० कात्तिक, काठमाडौं । बुधबार स्थानिय बजारमा सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको भाउ तोलाको ५६ हजार रुपैयाँ तोकेको छ । यसअघि १५ गते सुनको भाउ तोलको ५६ हजार ४ सय रुपैयाँ तोकिएको थियो । तिहारभर ५ दिनसम्म बजारमा सोही भाउमा सुनको कारोबार भएको थियो । बुधबार तेजाबी सुनको भाउ पनि तोलामा ४ सय रुपैयाँ घटेर ५५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि ५६ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको भाउ पनि तोलामा १६ रुपैयाँले घटेर ९ सय २४ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि ५ दिनसम्म चाँदी तोलाको ९ सय ४० रुपैयाँमा कारोबार हुँदै आएको थियो


0 comments:
Speak up your mind
Tell us what you're thinking... !