Headlines News :
Home » » प्रचण्डको कार्यक्रमलाई लक्षित गर्दै सप्तरी बन्द

प्रचण्डको कार्यक्रमलाई लक्षित गर्दै सप्तरी बन्द



सप्तरी, २१ कात्तिक एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेताहरू बाबुराम भट्टराई नारायणकाजी श्रेष्ठ चुनावी सभालाई सम्बोधन गर्न आउने भएपछि नेकपा–माओवादीले बिहीबार सप्तरी जिल्ला बन्द गरेको चुनावी सभालाई बिथोल्ने प्रयासस्वरुप नेकपा–माओवादीका जिल्ला इन्चार्ज देवनाथ यादवले एक विज्ञप्ति जारी गरी जिल्ला बन्दको आह्वान गरेका हुन् बन्दका कारण आज बिहानैदेखि भाडामा चल्ने ठूला तथा साना सवारीसाधन ठप्प हुँदा सर्वसाधारण मर्कामा परेका छन्

अध्यक्ष दाहालसहितका एमाओवादी नेताहरू सो पार्टीले भारदह, कञ्चनपुर, राजविराज, कल्याणपुरमा सञ्चालन गर्ने चुनावीसभालाई सम्बोधन गर्न झापा, मोरङ, सुनसरी जिल्ला हुँदै आज सप्तरी आउनुहुने कार्यक्रम रहेको एमाओवादीले संविधानसभा चुनावलाई लक्षित गर्दै मेचीको काँकडभिट्टादेखि महाकालीको महेन्द्रनगरसम्मकोमेची महाकाली राष्ट्रिय जागरण अभियान’ बुधबारदेखि सुरु गरेको हो

यसैबीच, मोटरसाइकलका कारण आपराधिक घटना हुन सक्ने भन्दै सप्तरी जिल्ला प्रशासनले आजबाट जिल्लामा भारतीय मोटर साइकल सञ्चालनमा निषेध गरेको आसन्न संविधानसभाको निर्वाचनमा आपराधिक व्यक्तिहरूको सम्भावित प्रवेशलाई ध्यानमा राखी आगामी मङ्सिर गतेसम्मका लागि भारतीय नम्बरका मोटरसाइकल चलाउन निषेध गरिएको हो


भारतीय नम्बरका मोटरसाइकल निषेध गर्ने, विभिन्न ठाउँमा ट्राफिक सुरक्षा जाँच बढाउने, अवैध मदिरा उत्पादन, बिक्री–वितरण नियन्त्रण गर्र्ने प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले बताउनुभयो जिल्ला प्रहरी कार्यालय विभिन्न इलाका प्रहरी कार्यालयबाट बरामद गरिएको सय लिटर अवैध मदिरा हिजो जिल्ला प्रहरी कार्यालयमा नष्ट गरिएको उहाँले जानकारी दिनुभयो


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार