|
|
|
|
एमाओवादीलाई मतपरिणाम स्विकार्न अमेरिकाको आग्रह
संयुक्त राज्य अमेरिकाले मंगलबार सम्पन्न निर्वाचनलाई सन २००६ मा शुरु भएको शान्ति प्रक्रियामा एक महत्वपूर्ण कदम भन्दै आम जनतालाई बधाई दिएको छ।
निर्वाचन सम्पन्न भएपछि प्रेस विज्ञप्ति जारी गर्दै हवाइट हाउस सेक्रेटरी सचिवालयले यस्तो किसिमको निर्वाचन नेपालको लागि मात्र नभई द्वन्द्व पश्चात् पुनःनिर्माण र संविधान तथा स्वदेशीय माध्यमबाट विवाद समाधानतर्फ उन्मुख विश्वभरिका जनताका लागि एक कोसेढुङ्गा हो ।
नेपाली जनताले वर्षौ लामो गृह युद्धको सामना गरे जसमा निर्दोष नागरिक हिंसात्मक अतिवाद र आतङ्कवादको पीडित बने ।
द्वन्द्वको अन्त्यपछि नेपालले नागरिक समाजको समर्थन र सहयोग, महिला तथा युवा सहभागिताको प्रवद्र्धन, र सम्पूर्ण नेपाली जनताका सपना र आकाङ्क्षालाई सहयोग पुर्याउने खालको बहुलवादी लोकतन्त्र तर्फ महत्वपूर्ण प्रगति हासिल गरेको छ, विज्ञप्तिमा भनेको छ ।
यसैविच नेपालका लागि अमेरिकी राजदूत पिटर बोडले हालै सम्पन्न निर्वाचन र मत प्रतिशतलाई नेपालीहरुले गर्भ गरेका छन । निर्वाचनमा निरासाजनक परिणाम कारण बहिस्कार गर्ने निर्णय गरेको एमाओवादीप्रति संकेत गर्दै सामाजिक सञ्जाल टुइट माफृत लोकतान्त्रिक पद्धती र जनतको मतलाई सम्मान गर्न सबैलाई आग्रह गरेका छन्।
अमेरिकाले नवनिर्वाचित नेताहरु जब संविधान बनाउने महत्वपूर्ण कार्यमा लाग्नेछन् संयुक्त राज्य अमेरिकाले शान्तिपूर्ण, समृद्ध, समावेशी तथा लोकतान्त्रिक पथतर्फ उन्मुख नेपालको प्रगतिलाई सहयोग गर्नेछ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !