|
|
|
|
क्वालालम्पुर, कार्तिक २२ - नक्कली परिचत्र पत्र बनाएर गैरकानुनीरुपमा सुरक्षागार्डमा काम गरेको आरोपमा मलेसियामा १२ नेपालीसहित २० आप्रवासी कामदार पक्राऊ परेका छन् । पेनाङका विभिन्न आवासीय क्षेत्रमा छापा मार्ने क्रममा अध्यागमनका इन्फोर्समेन्ट अधिकारीहरुले उनीहरुलाई पक्राऊ गरेका हुन् । तीमध्ये ५ पाकिस्तानी र १ महिलासहित ३ जना फिलिपिनो रहेको मलेसियाली दैनिक 'द स्टार' ले शुक्रबार प्रकासित समाचारमा उल्लेख गरेको छ ।
समातिने सबैले अनुसन्धानका क्रममा आधिकारीक कागजात देखाउन नसकेकको जनाइएको छ । अध्यागमनले पेनाङका विभिन्न १२ आवासीय क्षेत्रहरुमा छापा मारेको थियो । पक्राऊ परेका सबैलाई थप अनुसन्धानका क्रममा राज्यस्थित अध्यागमन प्रधान कार्यालयमा लगिएको उल्लेख गरिएको छ ।
केहीहप्ताअघि नक्कली परिचत्रपत्रसहित गैरकानुनी हैसियतमा कार्यरत एक इण्डोनेसियाली कामदारद्वारा बैंकभित्रै बैंक अफिसरलाई हत्या भएको घटनापछि मलेसियाले मुलुकभरिका सुरक्षागार्डमाथि निकै कडाई गर्दै आएको छ ।
मलेसियामा १२ नेपाली सुरक्षागार्ड पक्राउ


0 comments:
Speak up your mind
Tell us what you're thinking... !