|
|
|
|
सप्तरी, १९ कात्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको मोहनपुर–२ मा सोमबार साँझ बिरामी बोकेको एम्बुलेन्स अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । सिराहाबाट विराटनगरतर्फ जाँदै गरेको स१च ६९३ नम्बरको एम्बुलेन्स साँझ ५ बजेतिर अनियन्त्रित भई साइडमा पल्टिँदा एम्बुलेन्समा सवार ६५ वर्षीय पुलकित चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । एम्बुलेन्सभित्र रहेका बिरामी सिरहा कविलाशा–८ निवासी २५ वर्षीय शिवकुमार मण्डल गम्भीर घाइते भएका र निजलाई उपचारका लागि नोवल अस्पताल विराटनगरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आवश्यक अनुसन्धानका लागि एम्बुलेन्स चालक सिराहाको लालपुर–६ बस्ने ३२ वर्षीय रितेश तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ


0 comments:
Speak up your mind
Tell us what you're thinking... !