|
|
|
|
के भयो आईताबार राती :
–एमाले अध्यक्ष झलनाथ खनाल, नेता योगेश भट्राई र हिमाल शर्मा विच त्रिपक्षीय वार्ता
–योगेशलाई जीताउँन आफ्ना कार्यकर्तालाई हिमालद्धारा गोप्य सर्कुलर
यस्तो छ, सहमती :
–सबिधानसभाको निर्वाचनमा योगेश भट्राईलाई जिताउँने, निर्वाचन लगत्तै एमालेमा प्रवेश गर्ने
–पार्टी केन्द्रीय सदस्य र कुनै एउटा बिभागको प्रमुख बनाउँने
किन छोड्दैछन् एमाओवादी
–पूर्व एमाले नेता भएका कारण एमाओवादीमा असुरक्षा
–निर्वाचनमा प्रचण्ड पक्षको असहयोगको कारण निराश
–एमाओवादीले अघि सारेको जातीय राज्यप्रति बिमत्ती
– वर्गसंघर्षका पक्षधर
काठमाडौं । एमाले छोडेर तत्कालीन नेकपा माओवादीमा गएका एकीकृत माओवादीका युवा नेता एवं काठमाडौं क्षेत्र न.–६का उम्मेदवार हिमाल शर्मा अन्ततः एमालेमा नै फर्किने निश्चित भएको छ । आईतबार राती अबेर एमाले अध्यक्ष झलनाथ खनाल, नेता योगेश भट्राई र शर्मा विच भएको त्रिपक्षीय वार्तामा सबिधानसभाको निर्वाचनपछि एमालेमा फर्र्किने सहमती भएको हो ।
एमाले नेता एवं काठमाडौं क्षेत्र न.–६का उम्मेदवार भट्राईले लामो समयको प्रयासपछि आईताबार सर्लाहीमा रहेका एमाले अध्यक्ष खनाल र शर्माविच टेलीफोन सम्पर्क गराएका थिए । वार्तामा सबिधानसभाको निर्वाचनमा शर्माले भट्राईलाई सहयोग गर्ने, सबिधानसभा लगत्तै एमालेमा प्रवेश गर्ने सहमती भएको एक शर्मा निकट एक नेताले बताए । शर्मालाई कुनै एउटा बिभाग सहित केन्द्रीय सदस्य पद दिने सहमती समेत भएको छ । तर, कुन बिभाग हो ? त्यो भने पछि नै आबश्यकता हेरेर दिईने एमालेका एक नेताले बताए । ‘अहिले कमरेड हिमाल शर्माले योगेश कमरेडलाई जिताउँने र सबिधानसभा लगत्तै एमालेमा प्रवेश गर्ने सहमती भएको छ’ ती नेताले भने,‘त्यही अनुसार कमरेड हिमाल शर्माले कार्यकर्ताहरुलाई आजदैदेखी सर्कुलर गर्नुभएको छ ।’
त्यसो त शर्माले यसअघि देखी नै भट्राईलाई राजनैतिक गुरु मान्दै आएका छन् । भट्राई अनेरास्वावियुको अध्यक्ष रहँदा शर्माले सबैभन्दा भरपर्दो सहयोगीको रुपमा काम गरेका थिए । यसअघि गोङगबुमा भएको गोप्य छलफलमा पनि आफू हार्ने स्थीति आए कांग्रेसका भिमसेनदास प्रधान भन्दा योगेश भट्राई उत्तम भएको भन्दै सहयोगको संकेत गरेका थिए ।
किन गरे शर्माले यस्तो निर्णय ?
काठमाडौं क्षेत्र न.६मा अघिल्लो सबिधानसभाको निर्वाचनमा एमाओवादीले नै जितेका थिए । बलियो निर्वाचन क्षेत्रमा नै निकट पाए पनि आफ्नै राजनैतिक गुरु भट्राईसँग चुनाव लड्न पर्दा शर्मा उतिधेरै सन्तुष्ट थिएनन् । चुनाव लड्नै पर्ने बाध्यता आएपछि शर्माले सुरुमा निकै सक्रियताको साथ प्रचार अभियानमा जुटेका थिए । एमाओवादीका नेता डा.बाबुराम भट्राई निकट मानिएका शर्मालाई प्रचण्ड पक्षका कार्यकर्ताले सुरुदेखी नै असहयोग गरेपछि उनी रुष्ट थिए । हिमाल शर्माले जिते क्रान्तीकारीमा प्रचण्ड पक्ष झन् कमजोर हुँने भन्दै प्रचण्ड पक्षका क्रान्तीकारीका नेताहरु खुलेर शर्माको बिपक्षमा लागेका थिए । आफ्नै नेता तथा कार्यकताको असहयोग देखेर उनी निराश थिए ।
राजनैतिक रुपमा पनि एमाओवादीले अघि सार्दै आएको जातिय राज्यको बिपक्षमा उनी थिए । मुलुकलाई जातीय राज्यमा लगे दुर्घटनमा पर्ने मत राख्दै आएका थिए । यसपटकको निर्वाचनमा पनि एमाओवादीले जातीय राज्यको अवधारणा अघि सारेछि उनी असन्तुष्ट थिए । जातीय राज्यले देश र पार्टीलाई हित नगर्ने उनको बुझाई छ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !