|
|
|
|
१० मंसीर, एजेन्सी । बेल्जियमकी एक महिला विगत एक वर्षपछी आफ्नै पतिको लाशसँग सुत्दै आएकी छिन् । बेल्जियम प्रहरीले दिएको जानकारी अनुसार एक महिला अघिल्लो वर्ष नोभेम्बरको सुरूवातमा नै निधन भएका पतिको लाससँग सुत्दै आएकी छिन्
आफ्ना ७९ वर्षीत पति मार्सेलको लाससँग सुत्दै आएकी छिन् । प्रहरीले घटनाबारे थाहा पाएपछि पुग्दा उनलाई पतिसँगै सुतिरहेको फेला पारेको थियो । ती महिलाले आफ्नो पतिको मृत्यु भएको विश्वास नै गरिनन् र उनले आफूलाई एक्लै निन्द्रा मसेत नलागेको प्रहरीसँगको बयानका क्रममा बताएकी थिइन् ।
घर मालिकले उनीहरुले धेरै समयदेखि आफूलाई घरभाँडाको पैसा नदिएको भन्दै प्रहरीलाइ खबर गरेपछि मात्र यस घटनाबारे थाहा भएको हो । घरमा जाँदा प्रहरीले लाश पुरै सडेको अवस्थामा भेटेको थियो । यता घर नजिकका मानिसले पनि उक्त घरबाट कुनै सडेको गन्ध नआएको बताएका छन् ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !