Headlines News :
Home » » दुबई अबुधावीमा पुनः एक नेपालीको मृत्यु

दुबई अबुधावीमा पुनः एक नेपालीको मृत्यु



लालबहादुर ढेंगा, दुबई, यूएई
यूएईको अबुधावीस्थित गयातिमा रहेको एक क्याटरिड.मा कार्यरत एक नेपालीको मृत्यु भएको

नेपाली रोजगारदाताहरुको लागि खाडी मुलुकहरुमध्ये युएई एउटा राम्रो गन्तव्यको थलो मानिन्छ युएईस्थित लगभग दुई लाखको हाराहारीमा नेपाली कामदारहरु कार्यरत रहेका छन् भने अझै भित्रिने क्रममा पनि बृद्धि हुंदै गएको पाईन्छ नेपाली कामदारहरुको आगमनमा बृद्धि हुदै गएको परिपक्ष्येमा विभिन्न कारणवंशबाट मृत्यु हुनेहरुको संख्यामा पनि दिनाहुं बृद्धि हुदै गएका छन्
गत १५ नोभेम्बर शुक्रबारका दिन अबुधावीको गयातीस्थित एउटा क्याटरिङमा कार्यरत (चेगा) जुहाङ–३, गुल्मी निवासी २६ बर्षीय गोपाल भण्डारी (टापु) को असामयिक रुपमा मृत्यु हुन गएको उनी १४ नोभेम्बर बिहीबारका राति खाना खाएर सुटेपछि १५ नोभेम्बर शुक्रबारका बिहान मृत अवस्थामा पाएको हो
लोकनाथ भण्डारीको चार पुत्रहरुमध्ये माहिला छोरा पर्ने मृतका गोपाल भण्डारी आफ्नो घर परिवारलाई सुख शान्ति दिने हेतुले वैदेशिक रोजगारीको सिलसिलामा विगत महिना पहिले युएई छिरेका थिए उनको घरमा बर्ष पहिले विवहा भएकी श्रीमतीकी साथ बर्षकी छोरी समेत रहेकी छिन्
युएईको सन्दर्भमा हेर्ने हो भने नेपालीहरुको यस्तो अवस्थामा मृत्यु हुनेहरुको संख्यामा बढ्दो किन कि बाहिर ४० डिग्रीदेखि लिएर ५५ डिग्रीसम्मको तापक्रममा काम गरेर एसीको चिसो कोठामा सुटेपछि हृदयघातबाट मृत्यु हुनेहरुको संख्यामा बृद्धि हुन आएको हो डाक्टरको सल्लाह अनुसार एक व्यक्तिले एक दिनमा कम्तिमा पनि चार लिटर पानी पिउनु आवश्यक पर्दछ डाक्टरको जानकारी अनुसार बाहिर तापक्रममा काम गरेपछि शरीरमा पानीको मात्रा कमि भएपछि एसीको चिसो हावाले गर्दा यस्ता खालका घटनाहरु घट्नमा सम्भावना धेरै रहने बताउछन्
लाशलाई हालको लागि अनुसन्धानका लागि राखिएको अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रियामा अगाडि बढाई नेपाल पठाउन पहल गरिने गुल्मी टुडेका सम्पादक मानबहादुर कुंवर मृतकको नजिकका आफन्त पर्ने मिन भण्डारीले जानकारी दिएका छन् यस दुःखद घडिको समयमा युएईस्थित संचालनमा रहेका गुल्मीवासीहरुको सांझा संस्था गुल्मी समाज युएईले एउटा विज्ञप्ती मार्फत आफ्नो श्रद्धांञ्जली समेत जनाएका छन्
युएईस्थित वैदेशिक रोजगारीका लागि आएका नेपाली कामदारहरुले हरेक बर्षमा यस्तैगरी ५० जनादेखि लिएर ८५ जनाको हाराहारीमा आफ्नो ज्यान गुमाउन पुगेका छन् विगत जनवरी २०१३ देखि आज १८ नोभेम्बर २०१३ सम्मको नेपाली राजदूतावास अबूधावीका उपनियोग प्रमुख दीपक अधिकारीले दिनुभएको तथ्याङ्क अनुसार यस बर्षमा ५९ जना हालमा मृत्यु भएका गोपाल भण्डारी सहित ६० जना नेपालीहरुले ज्यान गुमाएका छन्

यूएईको अबुधावीमा पुनः एक नेपालीको मृत्यु


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार