Headlines News :
Home » » देशव्यापीरुपमा मत गणना जारी, काँग्रेस र एमाले क्रमश पहिलो र दोस्रो

देशव्यापीरुपमा मत गणना जारी, काँग्रेस र एमाले क्रमश पहिलो र दोस्रो



अहिलेसम्म नेपाली काँग्रेसका टेकबहादुर गुरुङ राजेन्द्र केसी, नविन्द्रराज जोशी एमालेका रविन्द्र अधिकारी, सोमप्रसाद पाण्डे जनार्दन ढकाल विजयी भएका छन्। मत गणना जारी धेरै स्थानमा नेपाली काग्रेसले नेतृत्व गरिरहेको छ। दोस्रो स्थानमा एमाले तेस्रोमा माओवादीले नेतृत्व गरिरहेको छ।


मनाङमा नेपाली काँग्रेसका टेक बहादुर गुरुङ विजयी भएका छन्। त्यस्तै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई तेस्रो स्थानमा पछि पार्दै नेपाली काँग्रेसका राजेन्द्र केसी विजयी भएका छन्। उनलाई जितको प्रमाणपत्र दिने तयारी भइरहेको नागरिकन्युजकर्मी बालकृष्ण अधिकारीले जनाए। केसीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेन्द्र मानन्धरले माओवादीका चर्चित नेता प्रचण्डलाई पछि पारे।

***

एकीकृत नेकपा माओवादीले मत गणना प्रकृया बहिस्कार गरे पनि निर्वाचन आयोगले मत गणना जारी रहने जानाएको छ। आयोगमा अहिले बिहान आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले जनताको गोप्य अभिमतको कदर गर्न आग्रह गर्दै मत गणना जारी रहने बताएका छन्। मत परिणाम पूरै नआइसकेको अवस्थामा कुनै प्रतिक्रिया नजनाइहाल्नसमेत उनले आग्रह गरेको नागरिकन्युजकर्मी अर्जुन सुवेदीले निर्वाचन आयोगबाट जानकारी गराएका छन्।
***

संविधान सभा निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार नेपाली काँग्रेसले सबैभन्दा धेरै स्थानमा अग्रता लिइरहेको भने एमाले दोस्रो स्थानमा पछ्याइरहेको छ। एकीकृत नेकपा माओवादी तेस्रो प्रतिस्पर्धीकारुपमा देखिएको छ। अहिले बिहान निर्वाचन आयोगले प्रारम्भिक नतिजालाई लिएर पत्रकार सम्मेलनको आयोजना गर्दैछ।

***

एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई काठमाडौं १० का जनताले अस्वीकारको संकेत गरेका छन्। बिहीबार मध्य रातसम्मको गणनामा दाहाललाई कांग्रेसका राजन केसीले ३९३० मतले पछि पारेका छन्।

***

कांग्रेसका केसी ११३३५ मत अग्रस्थानमा छन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ७४०५ मत पाएर दोस्रो स्थानमा छन्। एमालेका एमालेका सुरेन्द्र मानन्धर ६२७४ मत ल्याएर प्रतिस्पर्धा गरिरहेका छन्।

***

मतगणना परिणाम सुन्न उत्सुक मतदाता एवं राजनीतिक दलका कार्यकर्ताहरूको उपस्थितिले काठमाडौंको गणनास्थल नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अहिलेसम्म अबेरसम्म भीड लागेको छ। प्रारम्भिक मतपरिणाम आउन थालेपछि एकीकृत माओवादी, कांग्रेस, एमाले राप्रपा नेपालका कार्यकर्ताले आ–आफ्ना पार्टीका झन्डा प्रदर्शन गर्दै दल उम्मेदवारका पक्षमा नारा लगाएका थिए। मत गणनास्थलमा माओवादी तर्फबाट क्षेत्र नम्बर की उम्मेदवार रेणु दाहाल, का देवेन्द्र पौडेल, एमाले उम्मेदवार रामेश्वर फुयाँल, काठमाडौं १० का कांग्रेस उम्मेदवार राजन केसी पुगेका थिए। प्रारम्भिक परिणामपछि दाहाल पौडेल गणनास्थल छाडेर हिँडे।

बिहानैदेखि गणना सुरु भएकाले आठै बजेदेखि नयाँबानेश्वर क्षेत्रमा चहलपहल थियो।

क्षेत्र नम्बर बाहेकका गणना स्थलमा पत्रकार पर्यवेक्षकलाई प्रवेश दिइएको थियो सडकमा झुम्मिएका उत्सुकहरूलाई परिणाम जानकारी गराउन गेटमै स्क्रिनको व्यवस्था गरिनुका साथै समय–समयमा माइकिङ समेत गरिएको थियो

देशभरिका ४४ जिल्लाका १४९ क्षेत्रमा मतणजना जारी छ। यी मध्ये २६ वटा जिल्लाका सबै निर्वाचन क्षेत्रहरुमा गणना भइरहेको निर्वाचन आयोगले जनाएको छ।



***

पहिलो संविधानसभा निर्वाचनमा काठमाडौंका १० मध्ये स्थानमा विजय भएको एमाओवादी प्रारम्भिक गणनामा १० वटै क्षेत्रमा पछि परेको छ। १० मध्ये क्षेत्रमा एमा‌ओवादी उम्मेदवार तेस्रो स्थानमा छन्। यता काठमाडौं १० मा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग कांग्रेसका राजन केसीले मत अन्तर अझ बढाएका छन्।

सविधान सभाको दोस्रो निर्वाचनमा काठमाडौं १० बाट उम्मेदवार बनेका एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल फेरि पछाडि परेका हुन्।

केसीले हजार सय ६८ मत पाएका छन्। एमाओवादी अध्यक्ष दाहाल हजार सय ७८ मत पाएर केसीलाई पछ्‌याइरहेका छन्। एमाले उम्मेदवार सुरेन्द्र मानन्धरले हजार सय ९७ मत पाएका छन्।

प्रारम्भिक गणनाले नेपाली कांग्रेसलाई पहिलो शक्तिको रुपमा देखाएको छ। यसअघिको संविधान सभा चुनावले पहिलो बनाइदिएको एमाओवादीलाई नेपालीहरुले तेस्रो स्थानमा पुर्‍याइदिने देखिएको छ। एमाले देशको दोस्रो ठूलो शक्ति हुने प्रारम्भिक गणनाले संकेत गरेको छ।

***

काठमाडौं क्षेत्र नम्बर मा नेकपा एमालेका नेता माधवकुमार नेपालले अग्रता लिएका छन्। सय मतअन्तरले उनी अन्य प्रतिस्पर्धीभन्दा अगाडि रहेका छन्। त्यस्तै क्षेत्र नं मा नेपाली काँग्रेसका गगन थापाले चुनावी परिणाममा अग्रता हसिल गरेका छन्। गनिएको कूल १५५० मतमा गगनको पक्षमा ९५०, नेकपा एमालेका निर्मल कुइकेलको पक्षमा २८३ एनेकपा माओवादीका नन्दकिशोर पुनको पक्षमा २०६ मत परेको छ। ईश्वर पोखरेलले नेपाली काँग्रेसका नरहरि आचार्यलाई पछि पार्दै अग्रता लिएका छन्।

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको मत गणना सुरु भएको छ। 'हाम्रो क्षेत्रमा गणना भर्खरै सुरु भयो,' एकीकृत नेकपा माओवादीबाट क्षेत्र नं की उम्मेदवार रहेकी हिसिला यमीले भनिन्। अन्य सहरी क्षेत्रमा पनि मत गणनाको क्रम सुरु भएको छ। पहाडी क्षेत्रहरुमा भने मध्यान्ह साँझबाट मत गणना सुरु हुने बताइएको छ।

***

मध्य पश्‍चिमका रुकुम, रोल्पा, सल्यान, जाजरकोट, हुम्ला, जुम्ला, कालीकोट, मुगुमा मत पेटिका संकलनको काम जारी रहेको प्रहरीले जनाएको छ। क्षेत्रीय प्रहरी प्रमुख राजेन्द्रसिंह भण्डारीले रुकुम रोल्पा जाजरकोट कर्णालीका पाँचवटा जिल्लामा मत पेटिका ओसार्न हेलिकप्टर प्रयोग हुने बताए। सुर्खेतमा आज दिउँसोसम्म सदरमुकाम वीरेन्द्रनगरमा सबै मतेपेटिका संकलन भएपछि मत गणना गरिने नेपालगञ्जबाट नागरिकन्युजकर्मी रुद्र खड्काले जनाएका छन्।

***

मुलुकभरि मतगणनाको अन्तिम तयारी भइरहेको छ। हिजो अभुतपूर्व रुपमा सफल संविधान सभा निर्वाचनको आज बिहानदेखि मत गणना प्रक्रिया सुरु भएको हो। माधवकुमार नेपाल उम्मेदवार रहेको रौतहट क्षेत्र नं. को मतगणना भर्खरै सुरु भएको नागरिकन्युजकर्मी मदन ठाकुरले जनाएका छन्।

गौर स्थित जुद्ध उच्चमाविमा मतगणना सुरु भएको हो। आफ्नो क्षेत्रको मतगणना सुरु हुँदा एमाले नेता नेपाल रौतहटमै रहेका छन्।

***

काठमाडौंका १० वटै क्षेत्रको मतगणनाका लागि सर्वदलीय बैठक सम्पन्न भएको छ। अबको केहि क्षणपछिनै मत गणना सुरु हुँदैछ।

नागरिकन्युजकर्मी अजित तिवारीका अनुसार पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा सिराहका मतपेटीका सदरमुकाम आइपुगेका छन्। डिआइजी नवराज सिलवालका अनुसार यी जिल्लाहरुमा बिहान १० बजेबाट मत गणना प्रकृया सुरु हुनेछ।

रुपन्देहीबाट नागरिकन्युजकर्मी रेखा भुसालले दिएको जानकारी अनुसार रुपन्देहीमा अहिले बिहान १० बजेपछि मत गणना सुरु हुने भएको छ। मतगणना प्रक्रियाबारे छलफल गर्न अहिले सर्बपक्षिय बैठक बसीरहेको छ। सर्बपक्षिय बैठक लगत्तै आवश्यक प्रक्रिया पुरा गरी १० बजे पछि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत बालचन्द्र शार्माले बताए। जिल्लाका सबै निर्वाचन क्षेत्रबाट हिजो साँझ नै मतपेटीकाहरु सदरमुकाम भैरहवा ल्याइएको थियो। मतगणनाका लागि भैरहवा बहुमुखी क्याम्पस त्यस आसपासका क्षेत्रहरुको सुरक्षा व्यवस्था कडा पारीएको छ।

यस्तै दाङमा पनि मतगणना विहान १० बजेदेखी सुरु हुने नागरिकन्युजकर्मी देवेन्द्र बस्नेतले जानकारी दिएका छन्।सवै मतदान केन्द्रहरुबाट मतपेटीका राती अवेर सम्म सदरमुकाम ल्याईएको विहान १० बजेदेखी मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत बिश्वमंगल आत्रेयले जानकारी दिए। अहिले बिहान सर्वदलीय सर्वपक्षिय वैठक बसेर आचार संहिता तयार पार्ने त्यसपछि मतगणना सुरु गर्ने आत्रेयले जानकारी दिए। जिल्लामा हिजो भएको मतदानमा ७०प्रतिसत मत खसेको छ।

सर्लाहीमा बिहान बजे देखि मतगनना गर्ने तयारी भएको नागरिकन्युजकर्मी सन्तोष सिंहले जनाएका छन्। जिल्लको वटै निर्वाचन क्षेत्रको सय मतदना केन्द्रबाट मतपेटीका बिहान बजे सम्म सदरमुकाम ल्याएर बजे देखि मतगनना गर्ने तयारीभएको प्रमुख जिल्ला अधिकारी दिनेश घिमिरेले बताए।

प्रक्रिया पुरा गरी सर्वपक्षिय बैठक पछि चाडै मतगनना सुरु हुने प्रमुख निर्वाचन अघिकृत कृष्णकमल अधिकारीले बताए। मतगनना स्वास्थ्य कार्यालय, जिल्ला विकास समिति निर्वाचन अधिकृतको कार्यालय(पुरानो अदालत)मा हुने प्रमुख निर्वाचन अधिकृत अधिकारीले बताए

तीन निर्वाचन क्षेत्र रहेको इलाममा ढिलोमा दिउँसो १२ बजेदेखि मतगणना सुरु गहुने नागरिकन्युजकर्मी बेनुपराज भट्टराईले बताएका छन्।

१५ गाविस रहेको क्षेत्र नम्बर का सबै, १६ गाविस रहेका क्षेत्र नम्बर का आमचोकक्षेत्रबाहेकका सबै १७ गाविस नगरपालिका रहेको क्षेत्र नम्बर का सबै मतपेटिका आइसकेकाले गणना छिटो गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिए।



धनगढीबाट नागरिकन्युजकर्मी ऋचा अर्यालले जनाएअनुसार मगणनाको लागि कैलालीमा सर्वबदलीय बैठक बसिरहेको छ। बैठक सकिए लगत्तै गणना सुरु हुनेछ। कैलालीको क्षेत्र नं. बा गणना हुनसक्ने जिल्ला मुख्य निर्वाचन अधिकृत यज्ञराज भट्टले जनाएका छन्

देशव्यापीरुपमा मत गणना जारी, काँग्रेस एमाले क्रमश पहिलो दोस्रो


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार