|
|
|
|
२ मंसिर, धादिङ । धादिङ क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेमाथि एमाओवादीका कार्यकर्ताले आक्रमण प्रयास गरेपछि उनका अंगरक्षकले हवाई फायर गरेका छन् । पृथ्वी राजमार्गको बेनिघाटको सलाङ्गघाट नजिकै एमाओवादीका कार्यकर्ताले आइतवार विहान १० बजेतिर बाटो छेकेर आक्रमण गर्न खोजेपछि पिएसओले हवाई फायर गरेका थिए । पाण्डेमाथि एमाओवादीका कार्यकर्ताले बाटो ढुकेर आक्रमण गर्न खोजेपछि त्यसलाई रोक्न पिएसओले एक राउन्ड हवाई फाइरिङ गरेका हुन् । पाण्डेलाई बाटो अबरोध गर्न खोज्ने एमाओवादी कार्यकर्ता सन्तोष लोहनीलाई प्रहरीले पक्राउ गरेको छ । उता एमाओवादीले भने एमाले कार्यकर्ताले आक्रमण गरेर आफ्ना ४ जना कार्यकर्ता घाइते बनाएको दावी गरेेको छ
- एमाले उम्मेदवार पाण्डेका पिएसओले गोली चलाए


0 comments:
Speak up your mind
Tell us what you're thinking... !